त्रिवि र मिसौरी विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान हुने

flag of Nepal and USकाठमाडौँ, मंसिर २० गते । त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यस्थित युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीबीच विद्यार्थी आदानप्रदान हुने भएको छ ।

दुई विश्वविद्यालयबीच भएको सम्झौता कार्यान्वयनका लागि यही डिसेम्बरको ९ तारिखमा हुने मिसौरी विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथिका रुपमा भाग लिन उपकुलपति डा तीर्थ खनियाँ बिहीबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

त्रिवि सूचना शाखाका अनुसार भ्रमणमा उपकुलपति खनियाँले त्रिविले हालै अवलम्बन गरेको क्रेडिट ट्रान्सफरका सन्दर्भमा अमेरिकी विद्यार्थीले नेपालमा आएर र नेपाली विद्यार्थीले अमेरिकामा गएर आफनो शैक्षिक उपाधि हासिल गर्न सक्ने व्यवस्थाको समेत औपचारिक कार्यान्वयनको प्रारम्भ गर्नुहुने भएको छ ।

दीक्षान्त समारोहमा त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदिशकुमार पोखरेल र व्यवस्थापन संकायका डिन प्रा डा डिल्लीराज शर्माले पनि भाग लिनुहुनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter