दोश्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मत खस्यो; पहिलो चरणमा मतदान भएका जिल्लाको मतगणना सुरु

Vote-counting-Kathmanduकाठमाडौँ , मंसिर २१ गते । दोश्रो चरणको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आज सम्पन्न मतदानमा ६७ प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ।

आयोगले बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा ४५ जिल्लाबाट ६७ प्रतिशत भन्दा बढी मतदान भएको जनाएको हो । त्यसमध्ये गुल्मीमा सबैभन्दा बढी ७१ प्रतिशत मतदान भएको आयोगको भनाई छ।

त्यसैगरी पहिलो चरण अन्तर्गत ३२ जिल्लामा भएको मतदानको मतगणना पनि आज साँझ ५ बजेबाट सुरु गरिएको छ भने दोश्रो चरणको मतगणना मतपेटिका संकलन भइसकेपछि भोलीबाटै सुरु हुने प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जनाएका छन्।

पहिलो चरणमा मतदान भएका जिल्लाको मतगणना सुरु

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा मतदान भएको ३२ जिल्लाको मतगणना सुरु भएको छ।

बिहीबार साँझ ५ बजेदेखि अधिकांश जिल्लाको मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ। दोस्रो चरणको निर्वाचनको मतदान सकिएलगत्तै पहिलो चरणमा निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लाको मतगणना सुरु भएको हो। सिन्धुपाल्चोक, हुम्ला, ताप्लेजुङ,पाँचथर, बैतडी, मनाङ, मुस्ताङ, बाजुरा लगायतका जिल्लामा मतगणना सुरु भएको छ। यस्तै रुकुम पूर्व र रुकुम पश्चिमका दुबै जिल्लामा मतगणना सुरु भएको छ।

आयोगले मतगणनाका लागि मतपेटिका तयारी अवस्थामा राखेको थियो। मंसिर १० गते पहिलो चरणको निर्वाचन सम्पन्न भएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter