कुन दलले कहाँ-कहाँ जिते ? कसको कति अग्रता ?

Vote-counting-Kathmanduकाठमाडौं : पहिलो र दोस्रो चरणमा निर्वाचन भएका स्थान अन्तरगत हाल प्रतिनिधिसभातर्फ ५ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ भने प्रदेशसभातर्फ ९ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको । प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार ३ स्थानमा विजयी भएका छन् भने १ स्थानमा माओावदीका उम्मेदवार र एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभातर्फ ४ स्थानमा एमालेका उम्मेदवार विजयी भएका छन्, ३ स्थानमा माओावदी, एक स्थानमा कांग्रेस र एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

हाल मतगणना भइरहेका स्थान मध्ये दिउासो ३ः३० बजेसम्म प्राप्त नतिजा अनुसार प्रतिनिधिसभातर्फ एमाले २९, माओवादी १६, कांग्रेस ८, राजपा २ र नयाँ शक्तिले १ स्थानमा अग्रता कायम गरेका छन् ।

प्रदेशसभातर्फ एमाले ३१, माओवादी २५, कांग्रेस ५, राजपा २ र नयाँ शक्ति एक स्थानमा अगाडी रहेका छन् ।

हालसम्म विजयी
१. रुकुम पूर्व

प्रतिनिधिसभा

माओवादी केन्द्रकी कमला रोका १०४३४ मत प्राप्त गरि विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४४०६ मत प्राप्त गरे।

प्रदेशसभा तर्फ

‘क’ मा माओवादी केन्द्रका तेजबहादुर वली ५४२७ मत पाएर विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दुतकुमार पुनले २१४४ मत प्रात्प गरे

‘ख’ मा माओवादी केन्द्रका पूर्वबहादुर घर्तीले ५८१६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी दत्तबहादुर बस्नेतले ३१११ मत प्राप्त गरेका छन् ।

२.मुस्ताङ

प्रतिनिधिसभा

एमालेका प्रेमप्रसाद तुलाचन ३५४४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रसका रामी गौचनले ३१८१ मत प्राप्त गरे ।

प्रदेशसभा तर्फ

‘क’ मा एमालेका इन्द्रधारा दादु विष्ट ११६७ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मिक्युर गुरुङले ६५७ मत पाएका छन् ।

‘ख’ मा एमालेका महेन्द्रबहादुर थकाली २५८४ मत पाइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ धावा गुरुङले २२५९ मत पाएका छन् ।

३.मनाङ

प्रतिनिधिसभा तर्फ

एमालेका पोल्देन छेपाङ गुरुङ २३०० मत पाइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर गुरुङले २०२१ मत प्राप्त गरे

प्रदेशसभातर्फ

‘क’ मा कांग्रेसका चित्तबहादुर घले ९९८ मत प्रात्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी दोर्जे डंडुल गुरुङले ८९६मत प्राप्त गरे ।

‘ख’ मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङले १४१० मत पाई विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङले १०२० मत पाएका छन् ।

४. म्याग्दी

प्रतिनिधिसभा

एमालेः भुपेन्द्रबहादु थापा– २३३०८ विजयी

निकटतम् प्रतिद्वन्द्वी कांग्रेस–खमबहादुर गर्बुजा– २०९८०

प्रदेशशसभा

‘क’ माओवादी केन्द्रः विनोद केसी– १४७०४ विजयी

निकटतम् प्रतिद्वन्द्वीः राप्रपा भीमप्रसाद गौचन–१२१७५

‘ख’ एमालेः नरदेवी पुन मगर–१०८८६ विजयी

निकटतम् प्रतिद्वन्द्वीः कांग्रेसः अमलाल फगानी पुन–७९९०

५.हुम्ला

प्रतिनिधिसभा

स्वतन्त्र छक्कबहादुर लामाः ८४९१ विजयी

निकटतम् प्रतिद्वन्द्वीः कांग्रेसः मंगलबहादुर शाही–८४४४

प्रदेशसभा

‘क’ एमालेः दल रावल–७१५८ विजयी

निकटतम् प्रतिद्वन्द्वीः कांग्रेसः ठानबहनदुर रोकाया– ४८११

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter