प्रतिनिधिसभाका ७४ र प्रदेशसभाका १६१ क्षेत्रको मतगणना सम्पन्न; समानुपातिक मतगणनामा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा

Vote-counting-Kathmanduकाठमाडौँं,२४ मंसिर । यही मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको १६ जिल्लाको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाकाअनुसार प्रतिनिधिसभाका १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये हालसम्म ७४ क्षेत्रको मतगणना सम्पन्न भएको छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचितमध्ये ७३ पुरुष र एक महिला छन् । यसैगरी प्रदेशसभातर्फ ३३० निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको मतगणना सकिएको छ जसमा १५३ पुरुष र आठ महिला निर्वाचित भएका छन् ।

आयोगका अनुसार पहिलो चरणमा निर्वाचन भएका जिल्लामध्ये रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, बाजुरा र बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना पनि समाप्त भएको छ भने आठ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ ।

समानुपातिकतर्फको मतगणना जारी रहेका जिल्लामा सोलुखुम्बु, ओखलढुंगा, धनुषा, जुम्ला, हुम्ला, मुगु, बैतडी र दार्चुला छन् ।

मंसिर २१ गते दुई वटा मतदान केन्द्रमा मतदान स्थगन भई शनिबार पुनःमतदान भएपछि अर्घाखाँची जिल्लाको मतगणना गए रातिदेखि शुरु भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

दलबीचको विवादका कारण मतणना शुरु हुन नसकेको स्याङ्जा जिल्लाको मतगणना आइतबार बिहान १०ः३० बजेदेखि शुरु भएको जनाइएको छ ।

समानुपातिक मतगणनामा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा

देशभर प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना सकिँदै गर्दा समानुपातिक मतगणनाको अपडेट आउन थालेको छ। आइतबार दिउँसो साढे चार बजेसम्म निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार समानुपातिकतर्फ दुई प्रमुख दलबीच कडा प्रतिस्पर्धा देखिएको छ।

अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसलाई यसपटक समानुपातिकतर्फ पनि एमालेले पछाडि पारिरहेको छ। कूल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेकोमा ३ लाख ३४ हजार ४ मत गन्दा एमालेले सबैभन्दा बढी ३८.९ प्रतिशत मत ल्याएको छ। नेपाली का‌ंग्रेसले भने ३७.७ प्रतिशत मत प्राप्त गर्दै एमालेलाई पछ्याइरहेको छ।

माओवादी तेस्रो स्थानमा छ तर उसको मत अनुपात दुई ठूला दलको भन्दा निकै कम १६.५ प्रतिशतमात्रै छ। बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीले २.१ प्रतिशत मत ल्याएको छ।

समानुपातिकतर्फ सिट जित्न तीन प्रतिशतको थ्रेसहोल्ड राखिएको छ। अर्थात् तीन प्रतिशत मत नकाट्ने दलले समानुपातिक सिट जित्न सक्ने छैन।

नयाँ शक्तिपछि राप्रपा र त्यसपछि राजपा रहेको छ। विवेकशील साझा १८३८ मत ल्याएको छ।

यी ‘हेवीवेट’ जसले हारे

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा पार्टीमा प्रभाव राख्ने शीर्षस्थ नेताहरु नै पराजित भएका छन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का दोस्रो तहका नेताको पराजय भएको छ । काँग्रेसका वरिष्ठ नेता एवं पूर्वउपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पराजयलाई संयोगको रुपमा लिइएको छ ।

वर्तमान सरकारका उपप्रधानमन्त्री समेत रहेका कमल थापा मकवानपुरबाट पराजित हुनु भएको छ । उहाँलाई नेकपा९एमाले०का कृष्णप्रसाद दाहालले पराजित गर्नुभयो । मकवानपुर क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा दाहालले ४० हजार ६३१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी समेत रहनु भएका उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री थापाले ३४ हजार ६५८ मत प्राप्त गर्नुभयो ।

निर्वाचन अगाडि हेटौँडा बजारबाट पूर्व–पश्चिम राजमार्गलाई बाहिर सार्ने निर्णय गरेपनि थापालाई मतदाताले भने न्याय गरेनन् । बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने जस्ता निर्णयमा संलग्न हुनु भएका उपप्रधानमन्त्री थापाको विजय यात्रामा एमाले नेता दाहालले पूर्णविराम लगाइदिनुभयो ।

यस्तै पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग पराजित हुनुभयो । राजपा अध्यक्ष मण्डलका सदस्य महतोले निधिलाई झण्डै तीन हजार मतान्तरले पराजित गर्नुभयो । उहाँले ३० हजार ७४२ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिद्वन्द्वी निधिले २७ हजार ८२८ मत पाउनुभयो ।

यस्तै पूर्वसभामुख, पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि एमाले उम्मेदवारसँग पराजित हुनुप¥यो । विसं २०७० सालको चुनावमा पौडेलले किसनकुमार श्रेष्ठलाई पराजित गर्नुभएको थियो । अन्तिम मतपरिणामअनुसार उनै श्रेष्ठले ३४ हजार ४८९ मत पाउँदा पौडेलले २७ हजार ६ सय ७५ मतमा चित्त बुझाउनुप¥यो ।

वाम गठबन्धनका सुत्राधारसमेत रहनु भएका नेकपा ९माओवादी केन्द्र०का नेता एवं पूर्व उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ आफ्नै पूर्वसहकर्मी डा बाबुराम भट्टराईबाट पराजित हुनुप¥यो । यस्तै अर्का पूर्व उपप्रधान एवं गृहमन्त्री गौतम वर्तमान सरकारका सिँचाइमन्त्री सञ्जय गौतमसँग पराजित हुनुप¥यो ।

वाम गठन्धनका सुत्राधारका रुपमा रहनु भएका वामदेवको पराजयलाई अस्वाभाविक रुपमा समेत अथ्याईएको छ । बर्दिया क्षेत्र नं १ मा एमालेका उपाध्यक्ष गौतम ७५३ मतान्तरले पराजित हुँदा काँग्रेस नेता सञ्जयले ४४ हजार ८२९ मत प्राप्त गर्नुभयो ।

यस्तै पाँचपटक अर्थमन्त्री भइसकेका काँग्रेसका प्रभावशाली नेता डा रामशरण महत आफ्ना पूर्वचिरपरिचित प्रतिस्पर्धी हितबहादुर तामाङसँग पराजित हुनुभयो । नुवाकोट क्षेत्र नं १ बाट माओवादी केन्द्रका नेता तामाङ ३६ हजार ४७३ मत प्राप्त गरी जिजयी हुँदा काँग्रेस नेता डा महतले २७ हजार ९२० मत प्राप्त गर्नुभएको छ । विजयी तामाङले डा महतलाई तेस्रो प्रयासमा पराजित गराउनुभयो । विसं २०५१ देखि लगातार सबै चुनाव जित्दै आउनुभएका डा महतको विजय यात्रालाई हितबहादुरले ‘ब्रेक’ लगाइदिनुभएको हो । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा तामाङ डा महतसँग पराजित हुनुभएको थियो । डा महतलाई उदारीकरणको अगुवाका रुपमा लिइने गरिन्छ ।

तेस्रो प्रयासमा विजय हासिल गरेपछि तामाङले भन्नुभयो, “नुवाकोटका जनताले परिवर्तनको महसुस गरे र वाम गठन्धनलाई विजयी गराए ।”

संयोग कस्तो परेको छ भने डा महतका भाई डा प्रकाशशरण र भतिजा रमेश महतले समेत पराजय भोग्नु परेको छ ।

काँग्रेसका अर्का प्रभावशाली एवं पटकपटक मन्त्री हुनु भएका अर्जुननरसिंह केसीले पनि पराजयको स्वाद चाख्नुप¥यो । प्रदेशसभामा नेता केसीका भाइ जगदीश्वरनरसिंह केसी पनि पराजित हुनुभयो । एमालेका जिल्ला अध्यक्ष नारायण खतिवडाले नुवाकोट २ मा १० हजार मतान्तरले पराजित गर्नुभएका अर्जुननरसिंह २६ हजार ३३५ मतमा रोकिनु भएको हो । खतिवडाले ३६ हजार ८९२ मत प्राप्त गर्नुभयो ।

यस्तै पूर्वअर्थमन्त्री एवं काँग्रेस नेता महेश आचार्य, प्रभावशाली नेता डा शेखर कोइरालाले पनि पराजय व्योहोर्नु परेको छ । यस्तै पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले पनि यस पटकको निर्वाचनमा विजय हासिल गर्न सक्नु भएन । पटकपटक मन्त्री बन्नु भएका डा प्रकाशशरण महत पनि एमाले महासचिव ईश्वर पोखरेलसँग पराजित हुनु भयो ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि पराजयको स्वाद चाख्नुपरेको छ । उपाध्याय यसअघि मन्त्री पनि हुनु भएको थियो । उपाध्याय वाम गठन्धनका उम्मेदवार चक्रपाणि खनालसँग पराजित हुनुभयो । कपिलवस्तु क्षेत्र नं १ बाट खनाल २९ हजार ७९९ मत प्राप्त गरी विजयी हुनुभएको हो । खनालका निकटतम प्रतिस्पर्धी काँग्रेसका उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गर्नुभयो ।

पराजयको स्वाद चाख्नेको सूचीमा काँग्रेस प्रभावशाली नेता एवं पूर्वउपप्रधान एवं गृहमन्त्री कृष्ण सिटौला पनि हुनुहुन्छ । राप्रपाका नेता राजेन्द्र लिङ्देन झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा सिटौलाले पराजय भोग्नुपरेको हो । लिङ्देनले ४४ हजार ६१४ मत ल्याउँदा काँग्रेस उम्मेदवार सिटौलाले ३१ हजार १७१ मत मात्र प्राप्त गर्नुभएको हो ।

पराजय हुनेमा पूर्वमन्त्री नवीन्द्रराज जोशी पनि हुनुहुन्छ । काठमाडौँ क्षेत्र नं ८ मा एमालेका नेता जीवनराम श्रेष्ठसँग पराजित हुनभयो जोशी । श्रेष्ठले १३ हजार ३९७ मत पाउँदा जोशीले १२ हजार ९५३ मत पाउनुभएको थियो । उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उद्योगमन्त्री हुनुहुन्थो ।

हालसम्म घोषित परिणाममध्ये ४१ जिल्लामा वाम गठबन्धनले एकलौटी रुपमा जित निकालेको छ । केही हस्ती र हेवीवेट ठानिएका नेताहरु एक पछि अर्को गर्दै पराजित भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी आरजु राणा देउवा पनि एमाले नेता नारदमुनि रानासँग पराजित हुनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter