• Saturday, May 24, 2025

समानुपातिक परिणाम : पाँच एमाले र दुई प्रदेशमा कांग्रेस अगाडि; नयाँ सरकार गठनबारे ओली र प्रचण्डबीच भेटवार्ता

Vote-counting-Kathmanduकाठमाडौँ, मङ्सिर २९ गते । मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशभाको समानुपातिक तर्फको मतपरिणाम गणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार एमालेले पाँच र कांग्रेस दुई प्रदेश सभामा अगाडि छन्।

प्रदेश नम्बर १, ३, ४, ५ र ६ मा एमालेले बढी मत ल्याएको छ भने प्रदेश नम्बर २ र ७ मा कांग्रेसको अगाडि रहेको छ। समानुपातिकमा प्रदेश २ मा कांग्रेसपछि राष्ट्रिय जनता पार्टी (राजपा) दोस्रो भएको छ। प्रदेश २ मा तेस्रो फोरम, चौथो एमाले र पाँचौ माओवादी केन्द्र भएका छन्। प्रदेश ७ मा प्रत्यक्षतर्फ पहिलो भएको एमालेको मत कांग्रेस भन्दा कम आएको छ। प्रदेश ७ मा एमालेले दोस्रो भएको छ।

प्रत्यक्षतर्फ भने प्रदेश नम्बर २ बाहेक ६ वटामा नै एमाले सबै भन्दा बढी सिट जितेको छ। प्रदेश १ मा कुल ५६ सिटमाा एमालेले ३६, माओवादीले १० सिट, कांग्रेसले ८ सिट, संघीय समाजवादी फोरम र स्वतन्त्रले १÷१ सिट जितेका छन्।

प्रदेश नम्बर ३ को कुल ६६ प्रदेशसभा सिटमध्ये एमालेले ४२, माओवादी, १५ कांग्रेस ७ तथा नयाँ शक्ति र नेमकिपाले १÷१ सिट जितेका छन्।

प्रदेश नम्बर ४ मा एमालेले १७, माओवादी केन्द्रले ९, कांग्रेसले ६ र जनमोर्चाले २ तथा नयाँ शक्ति र स्वतन्त्रले १-१ सिट जितेका छन्। प्रदेश ३ मा कुल ३६ सिट रहेका छन्।

प्रदेश नम्बर ५ मा एमालेले २८, माओवादीले १४, कांग्रेसले ७ र फोरमले ३ सिट जितेको छ। प्रदेश ५ मा कुल ५२ सिट रहेको छ।

प्रदेश ६ मा एमाले १४, माओवादी ९ र काँग्रेसले १ सिट जितेको छ। प्रदेश ६ मा कुल २४ सिट रहेको छ। कुल ३२ सिट रहेको प्रदेश नम्बर ७ मा एमालेले १७, माओवादीले १०, कांग्रेसले ४ र राजपाले १ सिट जितेका छन्।

उता प्रदेश नम्बर २ मा ६ वटा प्रदेशमा पहिलो भएको एमाले तेस्रो भएको छ। फोरमले २०, राजपाले १५, एमालेले १४, कांग्रेसले ८ , माओवादी केन्द्रले ६ र स्वतन्त्रले १ सिट जितेको छ। प्रदेश २ मा कुल ६४ सिट छन्।

नयाँ सरकार गठनबारे ओली र प्रचण्डबीच भेटवार्ता

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

राजधानीमै एक नेताको घरमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा एमाले अध्यक्ष ओली र प्रचण्डबीच छलफल जारी रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

निर्वाचन सम्पन्न भएर परिणाम आइसकेको अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गर्दै आएको नियुक्ति, नयाँ सरकार गठन र गठबन्धनको आगामी यात्राका विषयमा छलफल जारी छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter