• Saturday, June 14, 2025

आठ मेगावाट क्षमताको क्यास्केड निर्माण

hydropower projectइलाम, पुस १ गते । इलाम नगरपालिका गोदक र राँगापानीमा निर्माणाधीन आठ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रोपावर क्यास्केड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

उक्त जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्रमा विद्युत् उत्पादन गर्ने तयारीका साथ दु्रतगतिमा काम भइरहेको आयोजनाका प्रबन्ध निर्देशक रूपमणि राजभण्डारीले बताउनुभयो । आयोजनाको चार किलोमिटर लामो क्यानल निर्माण सम्पन्न भइसकेको छ ।

राजदुवाली छेउको इन्टेकमार्फत उक्त क्यानलमा पानी लगाएर राँगापानीमा बनेको विद्युत् गृहमा पु¥याउने आयोजनाले जनाएको छ ।

विद्युत गृहमा मेसिनको जडान गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । उत्पादित विद्युत्लाई काबेली कोरिडोरमार्फत गोदक सवस्टेशनमा जडान गरिने र त्यहाँबाट राष्ट्रिय प्रशारण लाइनमा जोड्ने तयारी भइरहेको छ भने विद्युत गृहमा ट्रान्सफर्मरसहितको स्वीचयार्ड जडान सकिएको आयोजनाका जनसम्पर्क अधिकृत नरेन्द्र क्षत्रीले जानकारी दिए ।

विद्युत् लाइनका लागि करिब चार किमी ३३ केभी प्रसारण लाइनको समेत काम भइरहेको उहाँले जानकारी दिए ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको प्रवद्र्धनमा निर्मित उक्त क्यास्केड आयोजनाको निर्माण लागत रु एक अर्ब २० करोड छ । कम्पनीले करिब पाँच वर्षअघि नै इलामको राजदुवालीमा ६ दशमलव एक मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

उक्त आयोजनाबाट निस्किएको पानीलाई सदुपयोग गरी क्यास्केड आयोजना निर्माण गरिएको हो । आयोजनामा एभरेष्ट, एसबीआइ, एनआइबिएन बैंकले लगानी गरेका छन् ।

यो आयोजना निर्माणसँगै इलामको माइखोलामा हालसम्म अपरमाइ, सानिमामाइ र हिमाल दोलखाका दुई/दुई वटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter