आउँदो साताबाट निकुञ्जमा ‘अप्रेसन महाहन्ट,’ आजबाट बाघ गणना शुरु

tigerचितवन, पुस ५ गते । दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रण अभियानमा महत्वपूर्ण मानिएको ‘अप्रेसन महाहन्ट’ चितवन राष्ट्रिय निकुञ्जमा आउँदो साताबाट शुरु गरिने भएको छ ।

महाहन्टका लागि विशेष फौज वाहिनीबाट यहाँ खटिनका लागि एक गुल्म फौज आज साँझ यहाँ आइपुग्दैछ । निुकञ्ज सुरक्षार्थ खटिएको श्री बटुक दल गणका गणपति समुन्द्र थापाले विशेष फौज र निकुञ्जमा रहेका सेनालाई संयुक्तरुपमा तालिम दिएर अर्को साताबाट अप्रेसन महाहन्ट शुरु गरिने बताउनुभयो ।

नियमित सुरक्षाका अतिरिक्त महाहन्टमा विशेष सुरक्षा फौजले निकुञ्ज कर्मचारी, सरोकारवाला संरक्षणमा सम्बद्ध निकायसँग समन्वय गरी निकुञ्जको विशेष सुरक्षा गर्ने उहाँले बताउनुभयो । महाहन्टका क्रममा कुकुरसमेत परिचालन गरिँदैछ भने हात्ती, गाडी, मोटरसाइकल, साइकल, पैदल, डुङ्गा गस्ती समेत गरिँदैछ ।

हाल भएका पोष्टका अतिरिक्त ठाउँमा रातको समयमा पनि सुरक्षाकर्मीले सुरक्षा दिनेछन् । वर्षाद् सकिएपछि हिउँदको समयमा निकुञ्जको भित्री भाग र मध्यवर्ती क्षेत्रभित्र पर्यटन मार्ग खुल्ला हुने, पात झरेर जंगल उजाड हुने, खरखडाइ खुल्दा मानिसको आवतजावत बढ्ने, खोला घटेर सहजै मानिस वारपार गर्न सक्ने हुनाले यो समयलाई चोरी–शिकारको दृष्टिले अति संवेदनशील समय मानेर विगत केही वर्ष यतादेखि महाहन्ट सञ्चालन गरिँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले २०६७ सालबाट अप्रेसन हन्ट सञ्चालन गर्दै आएकामा २०७१ सालबाट भने महाहन्ट सञ्चालन गर्दै आएको छ । पुस महिनाबाट वर्षाद् शुरु नभएसम्म महाहन्ट जारी रहने गर्दछ ।

विगतको अवस्थालाई हेर्दा मंसिरदेखि जेठ मसान्तसम्मको समयमा ८० प्रतिशत चोरी–शिकार हुने गरेको पाइएको छ । चैतदेखि जेठसम्म ६० प्रतिशत चोरी–शिकारी भएको तथ्यांकले देखाएको छ । यसैलाई मध्यनगर गरी खोलानाला घटेकोले जनावर पानीको खोजीमा टाढाटाढा जाने र पातपतिङ्गर झरेर जंगल सफा भएको समय पारेर चोरी शिकारी हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा थप मजबुद बनाउन महाहन्ट सञ्चालन गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।

महाहन्ट सञ्चालनअघि पनि निकुञ्ज सुरक्षार्थ नियमित गस्ती हुँदै आएको छ । जसमा पैदल, साइकल, मोटरसाइकल, गाडी, हात्ती र डुंगा गस्ती पर्दछन् । ‘रियल टाइम पेट्रोल मनिटरिङ’ प्रणालीबाट गस्ती टोलीले गस्ती गरेको ठाउँ र दूरी हेर्न सकिन्छ ।

यसै प्रणालीअन्तर्गत निकुञ्जका पाँचवटा सेक्टरमा रहेका गुल्मपतिले समेत अनुगमन गर्ने गरेका छन् । निकुञ्जको अमलटारी, बबई, मेघौली, सौराहा र खगेन्द्रमल्लीमा सेनाका गुल्म रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले पछिल्लो समय समुदायलाई समेत समेटेर महाहन्ट सञ्चालन गर्न लागिएको भन्दै यसले निकुञ्ज र समुदायबीचको सम्बन्ध अझै नजिक हुने बताउनुभयो । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले निकुञ्जमा हाल ५७ ठाउँमा स्थायी पोष्ट रहेकामा महाहन्टका समयमा १२० भन्दा बढी ठाउँमा अस्थायी पोष्टकै रुपमा सुरक्षाकर्मी र कर्मचारी रहेर निकुञ्जको गस्ती गरिने बताउनुभयो ।

आजबाट बाघ गणना शुरु

चितवन राष्ट्रिय निकुञ्जमा आजबाट बाघ गणना शुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई तीन भागमा विभाजन गरेर मंसिर १४ गतेबाट पर्सा क्षेत्रबाट बाघ गणना शुरु गरिएको थियो । पहिलो खण्डमा चितवन राष्ट्रिय निकुञ्जको ठोरीको अमुवा भागबाहेक सबै पर्सा राष्ट्रिय निकुञ्जमा गणना गरिएको थियो ।

बाघ गणनाका क्रममा पहिलो भाग पर्सा राष्ट्रिय निकुञ्ज, दोस्रो भाग पर्सा र चितवनको सीमा क्षेत्र हप्ताखोलादेखि टाइगर टप्ससम्म र तेस्रो खण्ड टाइगर टप्स पश्चिम भागमा विभाजन गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले नेपालको सबैभन्दा बढी बाघ भएको क्षेत्रको गणना आजबाट थालिएको बताउनुभयो । एउटा ब्लकमा करिब एक हजार दुई सय क्यामरा राखेर बाघ गणना गरिँदै आएको छ । आजबाट थालिएको क्षेत्रमा निकुञ्जसँगै राष्ट्रिय वन र मध्यवर्ती क्षेत्र पनि रहेको छ । दुई वर्ग किलोमिटरमा एक ठाउँमा क्यामरा राखेर गणना गरिएको छ । १५ दिनसम्म एकै ठाउँमा क्यामरा राखिने उहाँले जानकारी दिनुभयो । एउटा ब्लकलाई १४ भागमा विभाजन गरेर क्यामरा राखिएको छ ।

क्यामरामा कैद गरिएका फोटो हेरेर बाघको सङ्ख्या यकिन गर्ने गरिन्छ । उहाँका अनुसार बाघको शरीरमा पहेँलोमा हुने कालो धर्कालाई पाटा भनिन्छ । प्रत्येक बाघको पाटा फरक फरक हुने गर्दछ । त्यही पाटाका आधारमा सङ्ख्या यकिन गरिन्छ । बाघको छालाको पाटा मान्छेको औँला छापजस्तो एकअर्कासँग मिल्दैन । त्यसैले फोटोमा छालाको पाटा हेरेर सङ्ख्या अनुमान गरिन्छ ।

नेपालमा सन् २०१३ मा बाघको गणना भएको थियो । त्यो बेला देशभर बाघको सङ्ख्या १९८ पुगेकामा चितवन निकुञ्जमा मात्र सबैभन्दा धेरै १२० बाघ थिए । सन् २०१३ मा पर्सामा नौ, बर्दियामा ५०, शुक्लाफाँटामा १५ र बाँकेमा चारवटा बाघ फेला परेका थिए ।

निकुञ्जका १० हात्ती, ६० भन्दा बढी जनशक्ति गणनामा परिचालन गरिएको उहाँले बताउनुभयो । गणना कार्यमा निकुञ्ज विभाग, ताल परियोजना, राष्ट्रिय प्रकृतिक संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जेडएसएल लगायतका संस्थाले सहयोग गरेका छन् । पाटे बाघ नेपालसहित संसारका १४ देशमा पाइन्छ ।

नेपाल, भारत, चीन, बंगलादेश, भुटान, बर्मा कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, उत्तर कोरिया, रुस, थाइल्याण्ड र भियतनाममा हाल लगभग तीन हजार ९०० बाघ रहेको तथ्यांक छ । पछिल्लो समय चोरी–शिकारीमा भएको कमी, आहारा प्रजातिका वन्यजन्तुको सङ्ख्यामा भएको वृद्धि, बासस्थानमा व्यवस्थापनमा भएको सुधारका कारण बाघको सङ्ख्या बढ्दै गएको अनुमान गरिएको छ ।

बाघ गणनासँगै बाघका आहारा प्रजातिका जनावरको पनि अवस्था अध्ययन भइरहेको छ । अर्यालका अनुसार एक वर्ग किलोमिटरमा कति आहारा प्रजातिका जनावर छन् भन्ने विषयमा पनि अध्ययन भइरहेको छ । आहारा प्रजाति भन्नाले चित्तल, लघुना, जरायो, गौरीगाई, बँदेल, रतुवा लगायतका पर्दछन् ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Clean Nepal is possible as over 23 million people are willing to contribute: Khem Sharma

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Pratibedan Baidya