सामाजिक सञ्जालको दुरुपयोग बढ्दो

facebookचितवन, पुस ६ गते । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधका घटना बढ्दै गएका छन् । जिल्लामा गत वर्ष दुईवटा मुद्दा दर्ता भएकामा यस वर्षको चार महिनामा पाँचवटा मुद्दा दर्ता भइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार अहिले सामाजिक सञ्जालको प्रयोग गरेर विभिन्न किसिमका घटना घटाउने गरिएको छ । पछिल्लो समय आएर फेसबुक, ट्विटर, इमो, भाइबर लगायतका सामाजिक सञ्जालबाट आपराधिक क्रियाकलाप बढ्दै गएको हो । सामान्य निवेदन मात्र कार्यालयमा दैनिक दुईदेखि तीनवटा आउने गरेको तथ्यांकले देखाएको छ । सामाजिक सञ्जालका माध्यमबाट सयाँै युवायुवतीको भविष्य बिग्रिएको छ भने कयौँ मानिस ठगिएका छन् । सामाजिक सञ्जालका कारण अहिले बढी मात्रामा युवा पुस्ता प्रभावित बन्दै आएको थापाले बताउनुभयो ।

सामाजिक सञ्जालका कारण विश्व साँगुरिदो घरमा रहेको भन्दै थापाले यसको प्रयोग गर्ने बढी मात्रामा युवापुस्ता रहेको र उनीहरुमा बढी मात्रामा यो समस्या देखिने गरेको बताउनुभयो । यसको दुरुपयोग गर्दै कतिपयले ठग्ने, अश्लील फोटो तथा भिडियोको माध्यमले चरित्र हत्या गर्ने जस्ता काम गरेको थापाले बताउनुभयो । चेतनाको कमीका कारण सामाजिक सञ्जालबाट आपराधिक क्रियाकलाप हुने गरेको भन्दै यस्तालाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही गरिने उहाँले बताउनुभयो ।

कानुनी रुपमा यस्तो अपराध गर्नेलाई एक लाखदेखि दुई लाखसम्म जरिवाना, २ वर्षदेखि ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । जिल्लामा सामाजिक सञ्जालको मुद्दा दायर गर्न पाइँदैन । यो मुद्दा काठमाडौँ जिल्ला अदालतले मात्र हेर्ने गरेको छ । जसका कारण जिल्लामा आएका सामान्य निवेदनमाथि आपसी सहमतिमा टुङ्गाउने गरिएको छ । गम्भीर विषय भएमा काठमाडौँ पठाइने उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter