प्रदेशसभा समानुपातिकतर्फको सिट बाँडफाँट

Election Commissionकाठमाडौं, पुस ८ गते । पहिलो र दोस्रो चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सातै प्रदेशमा दलहरूले प्राप्त गरेको सिट सङ्ख्यालाई निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको छ ।

देशका सात प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको जम्मा २२० सिटमा नेकपा (एमाले) र नेपाली काँग्रेसबीच तीन सिटको मात्रै फरक देखिएको छ । प्रत्यक्षतर्फ भने एमाले ठूलो सङ्ख्याले अगाडि छ । निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको मतपरिणामअनुसार नेकपा (एमाले) ७५ र नेपाली काँग्रेसले ७२ सिट प्राप्त गरेका छन् ।

यसैगरी, नेकपा माओवादी केन्द्रसहितका दलको समूहले ३५ सिट प्राप्त गरे भने सङ्घीय समाजवादी फोरम नेपाल १३ सिट र राष्ट्रिय जनता पार्टी नेपालले १२ सिट प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र साझा विवेकशील पार्टीले बराबर अर्थात् तीन तीन सिट प्राप्त गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोग बैठकले प्रदेशसभामा समानुपातिक तर्फको २२० स्थानका लागि दलहरूले प्राप्त गरेको सिट सङ्ख्यालाई अन्तिम रूप दिएको हो । समानुपातिकतर्फ प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी २२० स्थानका लागि मतदान भएको थियो । आयोगमा रहेका समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले १ देखि ७ प्रदेशमा विभिन्न दलहरूले प्राप्त गरेको सिट सङ्ख्या, समावेशी समूहबाट हुने प्रतिनिधित्व, न्यूनतम मतसीमा (थ्रेसहोल्ड) डेढ (१.५) प्रतिशतभन्दा बढी मत ल्याउने दलहरूको सङ्ख्या र न्यूनतम मतसीमा कटाउन नसक्ने दलहरूको विवरणसहितको प्रस्ताव आयोगमा प्रस्तुत हुँदा आयोगले स्वीकृति प्रदान गरेको हो ।

दलहरूले प्राप्त गरेको सिट सङ्ख्यालाई सम्बन्धित राजनीतिक दललाई उपलब्ध गराउने निर्णयसमेत आयोग बैठकले गरेको छ । आयोगको निर्णयलाई सचिव एवम् समानुपातिक निर्वाचन अधिकृत वेगेन्द्रराज शर्मा पौड्यालले पत्रकार सम्मेलनमार्फत शुक्रबार सार्वजनिक गर्नुभयो ।

उहाँले यही पुस २ गते समानुपातिकतर्फको मत गणना सकिएको र परिणामहरू आयोगमा प्राप्त भएपछि प्रादेशिक स्तरमा तथ्याङ्क केन्द्रीकृत गरी सिट बाँडफाँट गरिएको बताउनुभयो ।

राजनीतिक दलहरूले २०७४ कात्तिक २७ गते समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको उम्मेदवारहरूको संशोधित बन्द सूचीअन्ुसार प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार ५६५ जना उम्मेदवार कायम छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter