विद्यालयलाई रु एक करोड सहयोग

schoolबेनी, म्याग्दी, पुस ८ गते । बेनी नगरपालिका–४ सिंगास्थित धौलागिरि माविले शुक्रबार आयोजना गरेको भूपू विद्यार्थी पुनर्मिलन कार्यक्रमबाट रु एक करोड दुई लाख सहयोग प्राप्त भएको छ ।

कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थीले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आर्थिक सहयोग गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा विद्यालयका पूर्वविद्यार्थी डा मीनबहादुर श्रेष्ठले प्राविधिक शिक्षाका लागि आवश्यक पर्ने पूर्वाधार विस्तारसहित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन दक्ष जनशक्ति र पर्याप्त पूर्वाधार हुनुपर्ने बताउनुभयो ।

प्रदेशसभाका नवनिर्वाचित सांसद विनोद केसीले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार विकास तथा नीतिगत सुधारका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । गत वर्ष कक्षा ११ को मान्यता प्राप्त गरेपछि शिक्षा र व्यवस्थापन संकाय सञ्चालन गरिरहेको विद्यालयले अर्थ संकलन गरी भौतिक पूर्वाधारका साथै प्राविधिक कक्षा सञ्चालन गर्ने भएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Clean Nepal is possible as over 23 million people are willing to contribute: Khem Sharma

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Pratibedan Baidya