बहुमूल्य जडिबुटीले नै मूल्य नपाउदा किसान मर्कामा

Ayurveda-Utensilsकाठमाडौँ, पुस ८ गते । बहुमूल्य जडिबुटीले नै मूल्य नपाएपछि किसान मर्कामा परेका छन् । मूल्य ओरालो लागेपछि बिक्री नभएर चिराइतो बारीमै सुकिन थालेपछि किसान चिन्तित भएका हुन् । राम्रै आम्दानी हुने भएपछि सोलुखुम्बुका किसान विगत एकदशकयता चिराइतोखेतीतर्फ आकर्षित बनेका थिए । महाकुलुङ गाउँपालिकाका किसान यसतर्फ आकर्षित मात्र बनेन, मकै, कोदोलगायतका खेती हुने बारीमा पनि व्यावसायिक रुपमै चिराइतो खती गरें ।

त्यसबेला उनीहरुले चिराइतोबाट मनग्य आम्दानी लिने सपना देखे, करिब पाँच वर्ष पहिला उनीहरुले देखेको सपनाअनुसार राम्रै रकम पनि लिन सफल भए । महाकुलुङ क्षेत्रको गुदेल, बुङ, छेस्कामलगायतका क्षेत्रमा चिराइतो खेती गर्ने कृषकको लहर नै चल्यो ।

शुरु शुरुमा आकर्षक मूल्य प्राप्त गरी यो खेतीमा आकर्षित भएका कृषक वर्षे्नि मूल्यमा कमी आएपछि अहिले उनीहरु चिन्तित बनेका छन् । उचित मूल्य नपाउँदा जडीबुटीका लागि महत्पूर्ण मानिने चिराइतो बारीमा नै सुक्नेक्रम बढेकोे कृषक छिरिङ शेर्पाले बताउनुभयो । महत्वपूर्ण जडीबुटीका रुपमा लिइने चिराइतोको विसं २०६६/०६७ देखि किसानले स्वविवेकले खेती लगाउन शुरु गरेका थिए, कृषक शेर्पाले भने,‘खेतीयोग्य जमिनमा चिराइतो लगायाैँ तर अहिले मूल्य नपाउँदा पुरानै खेती पो ठीक थियो कि जस्तो लाग्छ ।’

जंगली जनावरबाट जोगाउनु नपर्ने र जंगलको आसपासमा खेती लगाउन सकिने चिराइतोबाट किसानले विसं २०७० बाट आम्दानी लिन शुरु गरेका हुन् । प्रतिमन २२ हजार रुपैयाँका दरले बिक्री गरी एक परिवारले तीन लाख रुपैयाँसम्म वार्षिक आम्दानी लिन सफल भएको कृषक हरिधनी कुलुङले बताए ।

वि.सं. २०७१ मा १५ हजार, ०७२ मा १२ हजार मूल्य हुँदै ०७३ मा मूल्यमा अझ बढी कमी आएर तीन हजार २ सय रुपैयाँमा झर्‍यो । साविकको गुदेल गाविसमा मात्रै वर्षेनी साढे ३ सय देखि ४ सय मन चिराइतो उत्पादन हुँदै आएको छ । उत्पादन बढी र माग कम भएपछि मूल्यमा कमी आएको हुनसक्ने किसानको अनुमान छ ।

चैत तथा वैशाख महिनामा चिराइतो खेती लगाई तीन वर्षपछि आम्दानी लिन सकिन्छ । महाकुलुङ क्षेत्र अलैँचीका साथै चिराइतो खेतीका लागि पनि उपयुक्त मानिन्छ । साविकको गुदेल गाविसमा व्यावसायिकरुपमा चिराइतो खेती गर्ने कृषक करिब ५० जना छन् ।

चिराइतो खेतीलाई व्यवस्थित गरी कृषकको आम्दानी बढाउनका लागि ‘जि फाउन्डेसन’ नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोग र नवज्योति युवा मञ्च सोताङको साझेदारीमा तालीम सञ्चालन गरी किसानलाई बीउ वितरण गरिएको युवा मञ्चका उपाध्यक्ष जेवी कुलुङ सम्झन्छन् । हिमाली प्रोजेक्टले पनि गोडमेल र सिँचाइ सामग्री तथा बीउ वितरण गरेको थियो ।

परियोजनाको सहयोग, स्थानीय कृषकको मेहनतअनुसारको आम्दानी पनि नभएको भने होइन तर बजारले निरन्तरता नपाउँदा समस्या उत्पन्न भएको छ, कृषक विनोद कुलुङले विगतलाई सम्झँदै भने,‘चिराइतो खोज्दै व्यापारी घरघरै आउथे, अहिले कोही पनि आउँदैनन् कता लगेर बिक्री गर्नु त्यो पनि थाहा छैन, दुई वर्षयता बारीमै सुकिरहेको छ ।’

भनेजस्तो मूल्य नपाएपछि किसानले गत वर्षदेखि अहिलेसम्मकै चिराइतो थन्क्याएर राखेका छन् भने कतिपयले बारीबाट संकलनसमेत गरेका छैनन् । भण्डारणको उपयुक्त वातावरण मिलाउन प्राविधिक सीप तथा भण्डारण गर्ने ठाउँको अभावमा चिराइतो बिग्रने सम्भावना रहेको कृषक तारा कुलुङले बताए । उनले भने,‘चिराइतोबाट आम्दानी हुन छाडेपछि घर व्यवहार चलाउन मुस्किल पर्‍यो ।’ चिराइतो जस्तो जडीबुटीको बजारीकरणका लागि उचित व्यवस्थापन गर्न सरकारी निकायले पहल गरिदिन महाकुलुङ क्षेत्रका कृषकले माग गरेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter