भैरहवाबाट प्रचण्डले छोरालाई सम्झदै के भने ?

Prachandaभैरहवा, पुस ८ गते । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेसिजमा आबद्ध युवाहरुलाई प्रकाश भएर काम गर्न आग्रह गरेका छन् । नेपाल जेसीजको ४४औं राष्ट्रिय महाधिवेशनको शनिबार भैरहवामा उद्धघाटन गर्दै प्रचण्डले जेसीजका युवाहरुले प्रकाश जस्तो उज्यालो भएर काम गर्ने बेला आएको बताए ।

दिवंगत छोरा प्रकाश दाहललाई स्मरण गर्दै भावुक बनेका प्रचण्डले भने– ‘केही समय अघि निर्वाचनकै मुखमा मैले छोरा प्रकाशलाई गुमाए, तपाईहरु सबै मेरा लागि प्रकाश हो, उज्यालो छर्नुस्, प्रकाश जस्तै भएर काम गर्नुस् ।’

जेसीसमा लागेका युवाहरु अनुशासित, लगनशील, जुझारु र क्षमतावान हुने बताउदै प्रचण्डले देशको विकास र आर्थिक समृद्धिमा लाग्न युवाहरुलाई आह्वान गरे । उनले स्वदेशमा रोजगारीको अवसर नपाउदा सयौं युवाहरु विदेश पलायन हुने समस्या जगजाहेर रहेको भन्दै अब स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने बताए ।

लामो समय देश संक्रमणकालिन अवस्थाबाट गुज्रेकाले युवा शक्तिमा वितृष्ण पैदा भएको अध्यक्ष प्रचण्डले बताए । उनले अब देशमा तीन तहको निर्वाचन सम्पन्न भइसकेको र जनताले पनि वाम गठबन्धनलाई म्यान्डेट दिएकाले सोहीअनुसार देश विकासमा लाग्ने बताए ।

‘हाम्रासामु जनताले ठूलो अपेक्षा गरेका छन्, बहुमत दिएका छन्, यदि हामीले सही ढंगले विकास र आर्थिक समृद्धिका म्यान्डेटलाई अगाडि बढाउन सकेनौं भने फेरि देश पुरानै शैली र पद्दतिमा जान्छ’, प्रचण्डले भने– ‘जनमतलाई कदर गर्दै हामी अब देश विकास गर्न चाहन्छौं ।’

गौतमबुद्धको जन्मस्थल लुम्बिनी विकासको सूत्र भएको बताउदै प्रचण्डले लुम्बिनी र रुपन्देहीको विकासलाई सँगसँगै अगाडि बढाउन सके मात्रै आर्थिक समृद्धिको सपना पुरा हुने बताए । बिगतका घटनाक्रमहरुबाट धेरै कुराहरु सिकिएको बताउदै मुलुकको समृद्धीका लागि अब एक भएर काम गर्ने बेला आएको उनले बताए ।

‘एक–दुई जनाले विरोध गरेर पार्टी एकता रोकिँदैन। शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या छैन।’ प्रचण्डले भने, ’कसैले त्यसको विरोध गर्छन् भने ती छुट्छन्। तर, विकास, समृद्धि र समाजवादको रेल अघि बढ्छ’ ।

एमाले–माओवादीमा एकता मन नपराउने एकाध मान्छे हुन सक्ने भन्दै धेरै नेता–कार्यकर्ता एकताप्रति इमान्दार रहेको बताए । एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्न समेत कार्यकर्तालाई उनले सुझाव दिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter