अप्पर नौगाड अन्तिम चरणमा, चैतदेखि नै विद्युत् उत्पादन थाल्ने

hydropowerकाठमाडौँ, पुस ९ गते । अपी पावर कंपनीले थालेको आठ मेगावाट क्षमताको अप्पर नौगाड जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा छ ।

दार्चुला जिल्लामा आयोजनास्थल रहेको उक्त परियोजनाको भौतिक निर्माण कार्य सकिएकाले आगामी चैतदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । कम्पनीका प्रमुख सञ्जीव न्यौपानेले मुलुकमा जारी ऊर्जा संकटलाई समाधान गर्ने लक्ष्यका साथ आयोजना तोकिएको समय भन्दा अगावै सम्पन्न हुन लागेको जानकारी दिनुभयो ।

सोही जिल्लामा आयोजनास्थल रहेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको चमेलिया जलविद्युत् आयोजनाले विद्युत् उत्पादन शुरु गरिसकेको अवस्थामा अप्पर नौगाडको समेत विद्युत् थप भएपछि सुदूर र मध्यपश्चिममा विद्युत् आपूर्तिमा सहज विश्वस लिइएको छ ।

कम्पनीको यो दोस्रो आयोजना हो । यसअघि कम्पनीले १७ महिनाको छोटो अवधिमा नै ८.५ मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले कूल १८ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन प्रणालीसमेत जडान गर्ने तयारी गरेको छ । कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलियाको निर्माणको तयारी थालेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७३÷७४ को मुनाफाबाट शेयरधनीलाई आठ प्रतिशत बोनस शेयर दिने भएको तयारी गरेको छ । रु एक अर्ब पाँच करोड कूल चुक्ता पुँजीको आठ प्रतिशत बोनस दिन लागिएको हो ।

उता नेपाल स्टक एक्सचेन्जमा सानिमामाई हाइड्रो पावरको शेयर सूचीकृत भएको छ । कम्पनीको एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत साउन २७ गतेदेखि भदौ २९ गतेसम्म एक बराबर एक हकप्रद शेयर निष्कासन गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter