गुल्मीमा होमस्टे महोत्सव

Home Stayगुल्मी, पुस १० गते । मुसिकोट नगरपालिका– ६ कुर्घामा ‘होमस्टे महोत्सव’ शुरु भएको छ ।

कुर्घा स्वाँरामा गुरुङ समुदायले होमस्टे महोत्सवको आयोजना गरेको उद्योग वाणिज्य संघका सदस्य ज्ञानहरि सापकोटाले जानकारी दिनुभयो । होमस्टेको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

समुद्री सतहदेखि एक हजार ५२० मिटरको उचाइमा रहेको उक्त स्थानमा गुरुङहरुको मात्र बस्ती रहेको छ । हाल ३२ वटा घरधुरी रहेको सो बस्ती पुराना शैलीमा निर्माण गरिएको छ । गुरुङ समुदायका विभिन्न कला संस्कृति झल्किने परम्परागत र सांस्कृतिक झलक, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सांस्कृतिक प्रस्तुति महोत्सवका मुख्य आकर्षण रहनेछ ।

महोत्सवमा स्थानीयस्तरमै उत्पादित खानाका विभिन्न परिकारहरु जस्तै कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, कुरिलो, आलु, पिँडालु, गाउँमै उत्पादन गरेको कोदोको रक्सी, लोकल कुखुरा, खसी, फापर, मकै, भटमास, गहुँको ढिँडोलगायत उपलब्ध हुने होमस्टे सञ्चालक धनकुमारी गुरुङ बताउनुहुन्छ । महोत्सव यही पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter