• Friday, April 11, 2025

शुरु हुनेभो टरीगाउँमा हवाई उडान

Jiri Airportदाङ, पुस १४ गते । चुनावी एजेण्डा बनेको यहाँको हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ । विभिन्न राजनीतिक दल, संघसंस्था होस् वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा पर्ने गरेको टरिगाउँ विमानस्थलमा फेरि हप्तामा दुई पटक निजी विमान कम्पनीको सहकार्यमा पुस २३ गतेदेखि हवाई उडान हुने भएको छ ।

विसं २०१६ मा निर्माण भएको विमानस्थल यहाँका राजनीतिक दलको दबाबमा धावनमार्ग कालोपत्र भएसँगै तुलसीपुर उद्योग वाणिज्य संघले उडानको जिम्मा लिएपछि सञ्चालनमा आएको तुलसीपुर–काठमाडौँ हवाई सेवा अनिश्चित भएको थियो ।पहिले हवाई सेवा सञ्चालनका लागि टिकट बिक्रीको समेत जिम्मा लिएको उद्योग वाणिज्य संघले अबदेखि त्यसो गर्न नसकिने भनेपछि यहाँ उडान भर्दै आएको गोमा एयरले हवाई सेवा निरन्तरता दिन अनिच्छा देखाएको थियो ।

त्यसैबीच, लामो समयको छलफल र गृहकार्यपछि हप्तामा दुई दिन निजी विमानले उडान भर्ने सहमति भएको बताएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे र समिट एयरका सिइओ मनोज कार्कीले बिहीबार काठमाडौँमा सहमति गरेपछि विमान सञ्चालनमा आउने भएको हो ।

सहमतिअनुसार तत्कालका लागि सातामा दुईपटक आइतबार र शुक्रबार विमान उडाउने सहमति भएको हो । तुलसीपुरदेखि काठमाडौँसम्म सिधा उडान हुने सहमति भएको पनि प्रमुख पाण्डेले बताउनुभयो । “अहिलेलाई काठमाडाँैबाट आउँदा १६ र जाँदा १८ यात्रु बोक्ने गरी सहमति भएको छ”, पाण्डेले भन्नुभयो ।

हाल दाङ—काठमाडौका लागि भाडा रु ६ हजार ६०० र काठमाडौ—दाङका लागि सात हजार भाडा तोकिए पनि दैनिक उडान भएपछि केही घट्ने बताइएको छ ।

पाण्डेले भन्नुभयो, “अहिले भाडा यही तय भएको छ, यात्रुको चाप र उडान थपपछि केही थपघट हुन सक्छ ।” यस अघि प्रमुखले आफूले सय दिनमा तुलसीपुरमा हवाई सेवा शुरु गर्ने उद्घोष गर्नुभएको थियो । तुलसीपुरमा कालोपत्रे एयरपोर्ट हँुदा पनि नियमित हवाई सेवा नहँुदा यहाँका स्थानीयवासी नेपालगन्ज र भैरहवाबाट यात्रा गर्न बाध्य थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter