मानवता मरेको छैन

Human Serviceकाठमाडौँ, पुस १६ गते । दुई तीन महीनाअघि सिरियाबाट झापाका लागि आएकी एक मनोेरोगी महिलाको उद्धार भयो जसले आफ्नो रु तीन लाख र सुटकेस हराएको भनेकी थिइन् । उनलाई १५ दिन औषधि चलाएपछि पूर्ण रुपमा ठीक भयो ।

डेढ वर्षअघि भारत, आसामबाट पैसा बोकेर आफ्नो ससुराली बन्दीपुरमा जग्गा किन्न आएका भनिएका अर्का मनोरोगी बिजुलीको खम्बामा टाउको ठोकेर आत्महत्या गर्न लाग्दा उद्धार भई सात दिनसम्म औषधि सेवन गराउँदा ठीक भए र बन्दीपुर पु¥याइए । ग्याङरिन रोगले दुई खुट्टा कुहिएका भारत मध्यप्रदेशका एक कामदार व्यक्तिलाई खुट्टा काट्नुपर्ने अवस्था भए पनि काट्न नमानेकाले रेलमा घर पु¥याइयो । परिवारमा उनी मरेको भनी ठेकेदारबाट खबर दिइएको रहेछ, उनको उपस्थितिले परिवार खुशी भयो ।

सहयोगापक्षी सडक मानवमुक्त नेपाल एवं मानवीयताको राष्ट्र नेपालको परिकल्पनाका साथ विसं २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट मातृसंस्था ‘सर्वाेत्कृष्ट जीवनः शाश्वत चिन्तन’(साँचो जीवन निर्माण अभियान,२०६६)अन्तर्गत स्थापित मानव सेवा आश्रमले त्यस्ता ७१५ जना विभिन्न उमेर समूहका व्यक्तिको उद्धार, उपचार, पालनपोषण एवं २५० जनाभन्दा बढी व्यक्तिलाई सुन्दर पारिवारिक पुनःमिलन गराउन सफल भएको छ । शाश्वत चिन्तनका अध्यक्षमा डा गोविन्द टण्डन तथा आश्रमका सद्भावनादूतमा महजोडी रहनुभएको छ ।

त्यस्ता बेसहारा एवं मनोरोगीमा महिला(लक्ष्मी) १५९, पुरुष(नारायण) १३० र बालबालिका ४७ जनाको उद्धार गरेको र २८० जनाको भारत पुगेर पारिवारिक पुनःमिलन गराएको छ भने १०० जनाको शव सडकबाट उठाएको छ । उद्धार गरिएकामा गरिबी तथा आफ्नै स्वभाव र कर्मले मनोरोगी भएका ९० प्रतिशत र घाउ कुहिएका, अशक्त र वृद्ध १० प्रतिशतको उद्धारका साथै १०० जना मृतकको प्रहरीको मुचुल्का र शवपरीक्षणपछि पशुपति क्षेत्र विकास कोषको सहयोगमा आर्यघाट र अन्य जिल्लामा सद्गत गर्ने गरिएको आश्रम काठमाडौँका संयोजक तथा प्रवक्ता सुमन बर्तौलाले जानकारी दिनुभयो ।

आश्रमले स्वयंसेविका, वडा सदस्य, सामाजिक परिचालिकालगायतलाई उत्प्रेरणा एवं क्षमता विकास तालीम तथा मानिसलाई सडकमा बेसहारा बसी आउनुपर्ने अवस्था आउन नदिन प्रहरी, चिकित्सक, संघसंस्थाका मानिसलाई तालीम, गोष्ठी जस्ता प्रवद्र्धनात्मक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । अहिले ५० युवा आश्रममा स्वयंसेवीका रुपमा कार्यरत छन् जो विनापारिश्रमिक उद्धारका लागि हप्ताको सातै दिन रातदिन हिँडिरहेका छन् । हाल संस्थाको कार्यकारी समितिमा पनि पूर्णकालिक स्वयंसेवकहरु छन् ।

काठमाडौँ महानगरपालिकाले पनि महानगरपालिकाका सडक तथा पेटीमा रहेका वृद्धवृद्धा तथा अशक्त एवं अपांग व्यक्तिलाई हटाई महानगरभित्रका ३२ वटै वडामा व्यवस्थित रुपमा राखिने जनाएको छ । यही पुस २१ गतेदेखि अभियानका रुपमा शुरु गरिने उक्त कार्यक्रममा आफ्नो टोल, छिमेक र सडकमा बेवारिसे अवस्थामा रहेकाहरुबारे सूचना दिन आग्रह गरिएको छ । उक्त कार्यका लागि मानवसेवा आश्रमले सहयोग गर्ने सो आश्रमका अध्यक्ष रामजी अधिकारीले शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिनुभयो । उहाँले आफ्नो संस्थाको सामाखुशी र बूढानीलकण्ठमा रहेका शाखा–उपशाखामा उनीहरुलाई तत्काल व्यवस्था गरिने बताउँदै आगामी दुई वर्षभित्र महानगरका सडक बेवारिसे तथा अनाथ व्यक्तिमुक्त गर्ने योजना भएको जानकारी दिनुभयो ।

मकवानपुरको हेटौँडाबाट आरम्भ भएको आश्रमका हाल चितवन, काठमाडौँ, ललितपुर, गोरखा, लमजुङ, पर्सा र बागलुङमा आश्रम सञ्चालनमा छन् । हेटौँडा व्यावहारिक रुपमा सडकमानव मुक्त बनिसकेको र औपचारिक घोषणाको अन्तिम तयारीमा रहेको छ भने ‘मानवीयताको शहर’ निर्माणका लागि नगर परिषद्बाट नीतिगत रुपमा पारित भई कार्यान्वयनको तहमा रहेको बताइएको छ ।

हरेक महीना कम्तीमा एक हजार जनामा जीवन रुपान्तरण एवं मानवीय मूल्यमान्यता प्रवद्र्धनसँग सम्बन्धित जीवनोपयोगी कार्यक्रम सञ्चालन गर्ने तथा विसं २०८२ भित्र नेपाललाई नै सहयोगापेक्षी सडकमानवरहित राष्ट्रका रुपमा विकास गराउने संस्थाको योजना छ । –श्याम रिमाल

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter