रम्पुरा मल्हनियाँ खुला दिसामुक्त

toiletराजविराज, पुस १६ गते । सप्तरीको रम्पुरा मल्हनियाँ गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।

हनुमाननगर कंकालनी नगरपालिका–१४ को राष्ट्रिय प्रावि रम्पुराको प्रांगणमा शनिबार आयोजित कार्यक्रममा हनुमानगर नगरपालिकाका प्रमुख शैलेशकुमार साहले पूर्ण खुला दिसामुक्त क्षेत्र तथा पूर्ण खोप क्षेत्र घोषणा गर्नुभएको हो ।

सन् २०१७ सम्ममा नेपाललाई खुला दिसामुक्त गर्ने सरकारको लक्ष्यअनुरुप सो वडाका एक हजार ७९ घरधुरीमा चर्पी निर्माण भएपछि खुला दिसामुक्त घोषणा गरिएको र पूर्ण खोप लगाएपछि पूर्ण खोप क्षेत्र घोषणासमेत गरिएको बुझिएको छ ।

कार्यक्रममा नगर प्रमुख साहले सबैले चर्पीमै शौच गर्ने बानी बसाएर नगरलाई स्वच्छ, सफा र सुन्दर आग्रह गर्दै खुला ठाउँमा दिसापिसाब गर्नेलाई कारबाही गरिने चेतावनी दिनुभयो ।

‘लाठी मेरो साथी अभियान’
दलित सरोकार मञ्च नेपालले ‘लाठी मेरो साथी अभियान’ प्रारम्भ गरेको छ । सैँतीस ज्येष्ठ नागरिकलाई टोपी, लौरो र दोसल्ला वितरण गर्दै कञ्चनरुप नगरपालिकाबाट सो अभियान प्रारम्भ गरिएको बताइएको छ ।

अभियानको प्रारम्भ गर्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादवले इमान्दारीपूर्वक जनताको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिका प्रमुख वसन्तकुमार मिश्राले नगरपरिषद् सम्पन्न भएपछि विकासनिर्माणले गति लिने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter