• Tuesday, June 10, 2025

डेढ महिनामा बाह्र सय टन धुलो

Kathmandu Metropolitionकाठमाडौँ, पुस २२ गते । काठमाडौँ महानगरपालिकाले ‘क्लिन द सिटी’ अभियान अन्तर्गत डेढ महिनाको अवधिमा एक हजार २०० टन धुलो संकलन गरेको छ ।

गत मंसिर पहिलो हप्तादेखि शुरु भएको सो अभियानअन्तर्गत सुन्धारामा रहेको कामपा ढोकादेखि हालसम्ममा नयाँ सडक, रत्नपार्क, जमल, लैनचौर, पुतली सडक, सिंहदरबार आसपास, त्रिपुरेश्वर, भद्रकाली र बानेश्वर क्षेत्रको धुलो संकलन भइसकेको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिनुभयो ।

संकलित धुलो टेकुमा व्यवस्थापन गरिँदै आएको छ । सडक विभागका १० र कामपाका २५ कामदार सो कामका लागि निरन्तर लागिरहेका छन् । हरेक दिन सरदर १२ टन धुलो संकलन हुने गरेको छ । निर्वाचित जनप्रतिनिधि आएपछि अहिले बिहान धुलो जम्मा गर्ने र बेलुका पानीले सडक सफा गरिँदै आएको छ । सम्भव भएसम्म सफा गरिएको स्थानमा पुनः काम गर्ने योजना रहेको थापाले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter