• Tuesday, June 10, 2025

मुक्त कमलरीको जीवन फेरिँदै

Tharu femalesनेपालगञ्ज, पुस २२ गते । केही वर्ष पहिलेसम्म अरूको घरमा ज्याला मजदुरी गरेर पेट पाल्दै आएका बर्दियाका मुक्त कमलरीहरूले तरकारी खेती सुरु गरेपछि अहिले उनीहरूको जीवन फेरिएको छ । बर्दियाका मुक्त कमैयाको तरकारी खेती अन्य किसानका लागि पनि उदाहरण बनेको छ ।

सय पचास रुपियाँका लागि समेत अरूसँग हात फैलाउने उनीहरू अहिले तरकारी खेतीबाट वार्षिक ४ लाख रुपियाँसम्म आम्दानी गर्दै आएका छन् । राजापुर ४, सङ्घर्ष नगरकी मुक्त कमैया बालकुमारी थारूले तरकारी खेतीबाट वार्षिक करिब चार लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।

पाँच कट्ठा जमिनमा गरिएको तरकारी खेतीबाट बर्सेनि खर्च कटाएर चार लाख रुपियाँ बचत हुने गरेको उहाँले बताउनुभयो । आम्दानी बढ्दै गएपछि उहाँले आधुनिक कृषि खेतीका लागि बोरिङ सेट, बीउबिजन र ट्रेलर मेसिन पनि खरिद गरिसकेको जनाउनुभयो ।

सङ्घर्षनगरस्थित मुक्त कमैया बस्तीकै रामकृष्णा चौधरीले पनि तरकारीबाट राम्रो आम्दानी गर्न थालेपछि मजदुरी छाडेको बताउनुभयो । तरकारी खेतीबाट उहाँले तीन महिनामा ९५ हजार रुपियाँ आम्दानी गरेको सुनाउनुभयो । डेढ कट्ठा जग्गामा लगाएको टमाटर, लौका, बोडी, भिन्डीले राम्रो आम्दानी भएपछि क्षेत्रफल वृद्धि गरी खेतीलाई आधुनिक बनाउँदै लैजाने उहाँको पनि योजना छ ।

बाल कुमारी र रामकृष्णा मात्र नभई सङ्घर्षनगरका अधिकांश मुक्त कमैया महिला तरकारी खेतीबाटै आर्थिक रूपमा सबल हुन थालेका छन् ।

स्थानीय चुन्ना चौधरीले सङ्घर्षनगरका २४ मुक्त कमैया तरकारी खेतीमा जुटेको बताउनुभयो । उहाँहरूले उत्पादन गरेको तरकारी राजापुर बजार हुँदै पाताभार र मानपुरटपरासम्म पुग्ने गर्छ ।

थोक व्यापारीहरूले गाउँमै आएर तरकारी खरिद गर्ने भएकाले बजारको समस्या नभएको ती महिलाहरूको भनाइ छ । माग अनुसारको तरकारी बेच्न पाउँदा आफूहरूलाई सन्तुष्टि मिलेको चौधरीले बताउनुभयो ।

तरकारी खेतीप्रति आकर्षित उनीहरूले थोरै जग्गामा पनि राम्रो आम्दानी गर्न थालेको बताएका छन् । तीमध्ये केहीले जमिन भाडामा लिएरसमेत तरकारी खेती विस्तार गर्न थालेका छन् ।

यसैबीच कृषि विकास कार्यालय बर्दियाले जिल्लामा तरकारी खेती धेरै हुन थालेपछि प्याजबाहेक अन्य तरकारीमा बर्दिया आत्मनिर्भर भइसकेको जनाएको छ । सो कार्यालयका अनुसार यसअघि भारत र सल्यानबाट बर्दियामा तरकारी आयात हुने गरेकोमा अहिले बर्दियाबाट बाँकेलगायत नेपालका अन्य विभिन्न जिल्लामा तरकारी निर्यात भइरहेको छ ।

साउनको अन्तिम साता आएको बाढीले तरकारी खेतीमा क्षति पु¥याए पनि जिल्लाका किसानले पछि आएर फेरि राम्रो उत्पादन गर्न सफल भएको कृषि विकास कार्यालय बर्दियाले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter