महाकाली कोरिडोर निर्माण अवरुद्ध

roadबैतडी, पुस २७ गते । महाकाली कोरिडोर निर्माण कार्य अवरुद्ध भएको छ । महाकाली कोरिडोरअन्तर्गत बैतडी र डडेल्धुरामा निर्माण कार्य अवरुद्ध भएको दार्चुला तिंकर सडक योजनाका प्रमुख रामचन्द्र शाहले बताउनुभयो ।

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलंगासम्मको २९१ किलोमिटर सडकको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) नहुँदा निर्माण कार्यमा अवरोध भएको हो । उहाँले भन्नुभयो, “दार्चुलादेखि तिंकरसम्मको १३५ किलोमिटर सडकखण्डमा निर्माण कार्य भइरहेको छ, तर विस्फोटक पदार्थको अभावले काम गर्न समस्या भएको छ ।”

कञ्चनपुरको ब्रह्मदेवदेखि सडक निर्माणका लागि ठेक्का नै हुन सकेको छैन । वातावरणीय प्रभाव मूल्याङ्कन नहुँदा सडक निर्माणको ठेक्का हुन नसकेको हो । ठेक्का भएर काम शुरु गरिएको डडेल्धुराको जोगबुढा क्षेत्रमा पनि बीचमा जंगल परेपछि सडक निर्माण कार्य अवरुद्ध छ ।

यता बैतडीको त्रिपुरासुन्दरीदेखि १० किलोमिटर ट्र्याक खोलिएको भए पनि अब जंगल क्षेत्र पर्ने भएकाले निर्माण कार्य रोकिने योजना प्रमुख शाह बताउनुहुन्छ । महाकाली कोरिडोर वातावरणीय प्रभाव मूल्याङ्कन नभएकाले निर्माण कार्य रोकेको सहायक वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिनुभयो ।

“वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै काम भइरहेकाले रोकेको हो,” उहाँले भन्नुभयो ।

महाकाली कोरिडोरको वातावरणीय मूल्याङ्कनको अन्तिम प्रतिवेदन वातावरण मन्त्रालय पुगेको र अब डेढ महिनाभित्रै प्रतिवेदन तयार हुने योजना प्रमुख शाहको भनाइ छ । महाकाली नदीको किनारै किनार कञ्चनपुरदेखि निर्माण कार्य शुरु भएको महाकाली कोरिडोरको निर्माण कार्य इआएको अभावमा रोकिएको छ ।

यस्तै, दार्चुला सदरमुकामदेखि उत्तरतर्फ चीन सम्मको नाका जोड्न सडक निर्माण शुरु भएको ८ वर्षमा ३४ किलोमिटर मात्रै निर्माण भएको छ । अहिलेसम्म २८ किलोमिटरमा मात्रै यातायातका साधन सञ्चालनमा भइरहेका छन् । दार्चुला तिंकर सडक योजनाले अहिले महाकाली करिडोरको जिम्मेवारी लिएको छ ।

चालु आवमा रु ३० करोड बजेट छुट्याइएको ब्रह्मदेवदेखि डडेलधुरा, बैतडीहुँदै दार्चुलाको तिंकरसम्मको ४२६ किलोमिटर सडकखण्ड इआइए नबन्दा रोकिएको दार्चुला तिंकर सडक योजनाका प्रमुख शाहले बताउनुभयो । कञ्चनपुरको ब्रह्मदेवमा सडक निर्माणका लागि ठेक्कासमेत भएको छैन ।

उहाँले भन्नुभयो, “डडेलधुरा, बैतडी र दार्चुलामा गरी तीन खण्डमा निर्माण कार्य चलिरहेकै बेलामा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) बिना काम नगर्न दबाब आएपछि काम रोकिएको छ ।”

दार्चुला तिंकर सडक निर्माण गर्न आवश्यक १० टन विस्फोटक पदार्थ नेपाली सेनाले दिन नसक्दा निर्माण अघि बढ्न नसकेको शाह बताउनुहुन्छ । तिंकर सडकको पीपलचौरीको विजयपुर भिर, राप्लाको फतङगाडदेखि घाँटी बगर क्षेत्रमा सडकको ट्र्याक खोल्न विस्फोटक पदार्थ आवश्यक छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter