डा. केसी तारेखमा छुटे, प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश; फैसला सकारात्मक छ, अनशनबारे भोलि निर्णय गर्छु

dr_govindaकाठमाडौँ, पुस २६ गते । डा. गोविन्द केसीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । केसी विरुद्धको थुनछेकसम्वन्धि बहस सकिएलगत्तै न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले सो आदेश दिएको हो । उनलाई मुलुकी ऐन अ.ब. को ४७ नम्बर बमोजिम तारेखमा छाड्न आदेश दिएको हो ।

त्यस्तै, अदालतले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी झिकाउनसमेत आदेश दिएको छ ।

फैसला सकारात्मक छ, अनशनबारे भोलि निर्णय गर्छु

डा. गोविन्द केसीले सर्वोच्च अदालतको फैसलालाई सकारात्मक रुपमा लिएको बताएका छन् । अदालतको फैसला पश्चात् वाहिरिने क्रममा उनले सो कुरा बताएका हुन् । केसीले आफ्नो अनशन फिर्ता लिन वा नलिने भन्ने बारे विहिबार निर्णय गर्ने सञ्चारकर्मीलाई बताएका छन् ।

अदालतको अवहेलना मुद्धामा उनलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो । अवहेलना मुद्धामा थुनछेकसम्वन्धि बहस सकिएलगत्तै डा. केसीलाई न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

उनलाई मुलुकी ऐन अ.ब. को ४७ नम्बर बमोजिम तारेखमा छाड्न आदेश दिएको थियो । भने प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी झिकाउनसमेत आदेश दिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter