पर्यटकका लागि जिप सफारी शुरु; तिलौराकोटमा आउने पर्यटक वृद्धि

ChitwanPackageचितवन,पुस २९ गते । पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पहिलो पटक पर्यटकका लागि जिप सफारी शुरु भएको छ ।

पर्यटकीय क्षेत्रको रुपमा विकास भएको पटिहानीलाई सौराहा जोड्ने गरी जिप सफारी शुरु भएको हो । चितवन राष्ट्रिय निकुञ्जले यहाँको बेलसर मध्यवर्ती सामुदायिक वनमा पाँचवटा जिप जंगल सफारीका लागि अनुमति दिएसँगै औपचारिक रुपमा जिप सफारी शुरु भएको हो ।

नेपाल सरकारको पर्यटक प्रवद्र्धन गर्ने लक्ष्य पूरा गर्नका लागि निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत दोस्रो सफारीको रुपमा पटिहानीमा जिप सफारी शुरु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

कँडेलले नै शुक्रबार जिप सफारीको उद्घाटन गर्नुभएको थियो । उहाँले अब सौराहासँग पनि पश्चिम चितवन जोडिएको बताउनुभयो । पटिहानीको छितामाई मन्दिरबाट करिब ११ किलोमिटर पर चरहरा खोलासम्म जिप सफारी हुन्छ । त्यसपछि पर्यटकलाई पाँच मिनेटको पैदल वाक गराएर सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र पु¥याइने गरी सफारी थालिएको हो ।

जिप सफारी शुरु भए पनि स्थानीय खुशी भएको पटिहानीका स्थानीय संरक्षणकर्मी अपिल घिमिरेले जानकारी दिनुभयो । सानो जिपको रु ७०० र ठूलोको रु ८०० प्रवेश शुल्क तोकिएको छ ।

राप्ती नदीको किनार क्षेत्र हुँदै जाने भएपछि पर्यटकले यो क्षेत्रमा गैँडा, बाघ, भालु, हात्ती, चित्तल, विभिन्न प्रजातिका चरा तथा वन्यजन्तुको सहज अवलोकन गर्नसक्ने भएका छन् । यसअघि चितवनको कुमरोजमा गएको वर्षबाट जिप सफारी थालिएको थियो ।

चितवन निकुञ्जका प्रमुख संरक्षण अकिृत कँडेलका अनुसार निकट भविष्यमै पूर्वी चितवनको खगेन्द्रमल्ली वन क्षेत्रमा पनि पर्यटकका लागि जिप सफारी शुरु गर्ने तयारी गरिएको छ ।

निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत नवलपरासीको अमल्टारीमा समेत जिप सफारी हुँदै आएको छ । चितवन निकुञ्जमा भने सौराहादेखि निकुञ्जभित्र जंगलमा दशकौँदेखि जिप सफारी हुने गरेको भए पनि पछिल्ला समयमा मध्यवर्ती क्षेत्रमा समेत जिप सफारी हुने क्रम बढिरहेको छ ।

चितवन आउने पर्यटकको रोजाइ जंगली जनावर हेर्ने भएकाले यहाँको जिप सफारीले पश्चिम चितवनमा समेत पर्यटकको चहलपहल बढ्ने विश्वास लिइएको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताउनुभयो । पर्यटन र संरक्षणलाई सँगसँगै लैजाने लक्ष्यसहित यहाँ जिप सफारी थालिएको हो ।

तिलौराकोटमा आउने पर्यटक वृद्धि

प्राचीन कपिलवस्तुस्थित तिलौराकोटमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । तीन वर्षदेखि बुद्ध क्रिडास्थल तिलौराकोटमा जारी उत्खननले यहाँ पर्यटकको संख्यामा वृद्धि भएको लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताउनुभयो । “उत्खननकै कारण प्रचारप्रसार भएकाले पर्यटकको आगमनमा वृद्धि भएको छ”, उहाँले भन्नुभयो । खासगरी यहाँ म्यानमा, श्रीलंका, भियतनाम, चीन, थाइल्यान्ड, दक्षिण कोरिया, जापानलगायत देशका पर्यटक अत्यधिक मात्रामा आउने गरेका छन् ।

यहाँको मुख्य दरबार भग्नावशेषमा आई सूत्रपाठ तथा पूर्वी र पश्चिमी ढोकामा गौतम बुद्धको बाल्यकालको जीवनलीला पाठ गरेपछि मात्र शान्तिप्राप्ति भई आत्मसन्तुष्टि हुने विश्वास भएकाले बौद्ध धर्मावलम्बी आउने भिक्षु मैत्री महास्थवीरले बताउनुभयो । बुद्धको जीवनीसँग सम्बन्धित यहाँका धेरै पुरातात्विकस्थलमा विदेशी पर्यटक आउने गर्छन् ।

सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोटमा एक वर्षमा ६० बढी देशका विदेशी पर्यटकले भ्रमण गरेका छन् । भ्याटिकन सिटी, जापान, जर्मनी, फ्रान्सलगायत चीनसम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् । सन् २०१७ मा कूल ४१ हजार ५५३ जनाले तिलौराकोट भ्रमण गरेका हुन् । तीमध्ये ३७ हजार ८६५ विदेशी, एक हजार ५११ भारतीय र दुई हजार १७७ नेपाली छन् । सन् २०१६ मा कूल ३६ हजार ४७१ पर्यटकले तिलौराकोटको भ्रमण गरेका थिए । तीमध्ये ३२ हजार ८९१ विदेशी, ९४८ भारतीय र दुई हजार ६३२ नेपाली थिए । सन् २०१६ को तुलनामा २०१७ मा पाँच हजार बढी पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोष एकाइ कार्यालय तिलौराकोटले जनाएको छ ।

सन् २०१५ मा २३ हजार ४६९ विदेशीले बुद्धका पिता राजा शुद्धोधनको प्राचीन दरबारको अवलोकन गरेका थिए । सन् २०१४ मा ३० हजार २३४ र सन् २०१३ मा २७ हजार ५०२ विदेशी पर्यटक यहाँ आएका थिए । सेप्टेम्बरदेखि मार्च महिनालाई पर्यटक आउने मौसमका रुपमा मानिएको छ । तिलौराकोट शुद्धोधनको राजप्रासादका रुपमा परिचित छ।

सन् २०१६ मा यहाँ सबैभन्दा बढी म्यानमा र थाइल्यान्डका पर्यटक आएका छन् । त्यसपछि श्रीलंका, कम्बोडिया, भियतनाम र दक्षिण कोरियाका पर्यटक यहाँ बढी आएको तिलौराकोटस्थित लुम्बिनी विकास कोषको सम्पर्क कार्यालयले जनाएको छ । नब्बे प्रतिशतभन्दा बढी विदेशी विश्व शान्ति र सद्भावको कामना तथा तीर्थाटनका लागि आउने गरेको तिलौटाकोटस्थित लुम्बिनी विकास कोषका कर्मचारी सञ्जय शर्माले बताउनुभयो । सन् २०१७ नोभेम्बरमा सबैभन्दा बढी सात हजार ३६० र त्यसपछि फेब्रुअरीमा सात हजार ७७ विदेशी पर्यटक आएका थिए । जुनमा सबैभन्दा कम ८३ विदेशीले मात्र भ्रमण गरेका थिए ।

तिलौराकोटमा पर्यटकको संख्या बढ्नु सकारात्मक भएको स्थानीयवासी तेजकुमार बौद्धाचार्यले बताउनुभयो । उहाँले ठोस योजना र भौतिक पूर्वाधारको अभाव भएकाले प्रायः भारतको बाटो हुँदै लुम्बिनीको भ्रमणपछि मात्र यहाँ पर्यटक आउने गरेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter