• Monday, June 16, 2025

आधुनिक प्रविधिले उत्पादनमा वृद्धि

agricultureरत्ननगर, चितवन, माघ १ गते । रत्ननगरमा अहिले वर्षा पम्प र पापा पम्पको प्रदर्शनी भइरहेको छ । विद्युत्को सहयोग बिना नै यी दुईवटै पम्पले जमिनभन्दा तल्लो भागमा बगिरहेको पानीलाई माथिल्लो भागमा लैजान सहयोग गर्छ । वर्षा पम्पले २० मिटरमाथिसम्म पानी लैजान सक्छ भने पापा पम्पले १५० मिटरसम्म पानी माथि लैजान सक्ने प्रदर्शक राजेश श्रेष्ठ बताउनुहुन्छ ।

यो प्रविधि काठमाडौँबाट ल्याएर रत्ननगर महोत्सवको कृषि परिसरमा प्रदर्शन भइरहेको छ । पानीको तहमा मिल्ने गरी यन्त्र जडान हुन्छ । त्यो पानीको बहावले चक्का घुम्न थाल्छ । चक्कामा पंखा (पाटा) जडान भएको हुन्छ । त्यसले पानीलाई जोहो गरी पाइपको माध्यमबाट माथि फाल्न मद्दत गर्छ ।

मुख्य गरी विद्युत् सुविधा नभएका ठाउँका लागि उपयोगी उक्त प्रविधितर्फ पछिल्लो केही समयदेखि किसानको आकर्षण बढ्दै गएको छ । सरकारले अनुदान दिने गरेकाले किसानको लागत कम लाग्छ । दिनमा यसले २० हजारदेखि ४० हजार लिटरसम्म पानी तान्ने गर्छ ।

कृषिको अर्को नयाँ प्रविधि ट्रे अर्थात् थालीमा धानको बीउ हो । यहाँ थालीमा धानको बीउ उत्पादन गरेर प्रदर्शन गरिएको छ । त्यसतर्फ समेत किसान आकर्षित भएका छन् । यसले समय र लागतको समेत बचत हुन्छ । चितवनमा केही सहकारीले यसको सफल परीक्षण गरेका जिल्ला कृषि विकास कार्यालयका नायव प्राविधिक सहायक गोविन्दबहादुर मल्ल बताउनुहुन्छ ।

रत्ननगरको विशेष कृषि परिसरमा प्रदर्शन गरिएकाले अन्य किसानलाई पनि सिक्न मद्दत गर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सोमनाथ घिमिरेले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “कृषिमा आधुनिक प्राविधिको प्रयोगले लागत कम र उत्पादनमा वृद्धि हुन्छ ।”

यस्तै, अग्र्यानिक च्याउको बीउ राख्नेदेखि उत्पादन गर्ने तरिकासमेत रत्ननगर महोत्सवमा सिकाइन्छ । आधुनिकखालको माछा पोखरी, लिंफ्ट र थोपा सिँचाइ, निःशुल्क माटो परीक्षण सेवासमेत यहाँ छ । नयाँ प्रविधिको पोली हाउस र नेट हाउस प्रविधिको प्रदर्शनी छ ।

रत्ननगर माटो परीक्षण प्रयोगशालाका प्रमुख जीवन पौडेल किसानलाई निःशुल्क माटो परीक्षणको सुविधासमेत रहेको बताउनुहुन्छ । छुट्टै कक्षमा उत्पादिन सामग्रीको कृषि उपज प्रदर्शनी तथा दूधका परिकारको प्रदर्शनी महोत्सवका थप आकर्षण हुन् ।

चितवनको रत्ननगर कृषि र पर्यटनमा निर्भर छ । यहाँको कृषि उत्पादन धेरै जिल्लामा पुग्छ । त्यसैले चितवनमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका कार्यक्रमलाई विशेष प्राथमिकता दिंँदै महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक राजाराम रेग्मी बताउनुहुन्छ ।

महोत्सव माघ ७ गतेसम्म रत्ननगरस्थित टिकौलीको प्रस्तावि क्षेत्रीय रंगशालामा चल्ने छ । महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने र करिब रु ५० करोडको कारोबार हुने अनुमान गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter