• Thursday, May 29, 2025

दुनैसम्म राष्ट्रिय सडक जोड्न तीन किमी बाँकी

Dolpa districtदुनै, डोल्पा, माघ १ गते । दुर्गम हिमाली जिल्ला डोल्पाको दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन तीन किमी मात्रै बा“की रहेको सेनाले जनाएको छ ।

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत श्रीविण्डे–त्रिपुराकोट खण्डको निर्माण कार्य नेपाली सेनाद्वारा तीव्र पारिएपछि डोल्पालीको सडक सपना सेनाले अन्तिम चरणमा पु¥याएको हो । जाजरकोट–डोल्पा सडकखण्डको कुल लम्बाइ ११७ दशमलव ७ किमी सडकखण्डमध्ये ११४ दशमलव ७ किमी सडक सेनाले निर्माण कार्य पूरा गरिसकेको छ ।

डोल्पाको दुनैसम्म सडक जोड्नका लागि श्रीविण्डे–त्रिपुराकोट खण्डको तीन किमी मात्रै निर्माण कार्य बा“की रहेको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताउनुभयो । “अहिले जाजरकोट–डोल्पा सडकखण्डको श्रीविण्डे–त्रिपुराकोट खण्डमा सडक निर्माण कार्य भइरहेको छ, उक्त खण्डमा भिर पहरायुक्त भएकाले निर्माण कार्यमा चुनौती भए पनि सेनाले ज्यानको बाजी लगाउ“दै काम गरिरहेको छ”, पहाडीले भन्नुभयो ।

“उक्त खण्डका श्रीविण्डे, सिउरेनी, चिप्ले, चु“ गाडलगायतका दर्जनाँै स्थानमा कम्प्रेसर मेशिन राखेर काम तीव्र पारिएको छ, उक्त खण्डकै धाउनेमा निर्माण बेस खडा गरेर सेनाले युद्धस्तरमा काम गरिहेको छ”, उहा“ले थप्नुभयो, “अब माघ दोस्रो साताभित्रै रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारदेखि त्रिपुरासुन्दरी नगरपालिकाको श्रीविण्डेसम्मको सडकखण्ड उद्घाटन गर्ने तयारीमा छौ“, उद्घाटन लगत्तै जिप, ट्र्याक्टरलगायतका हलुका यातायातका साधन सञ्चालन गरेर जनतालाई राहत दिने लक्ष्य छ ।”

सेनाले युद्धस्तरमा काम गरिरहेको देख्दा डोल्पालीहरु पनि खुशी भएका छन् । सडक निर्माणपछि यातायातको असुविधामा दैनिक उपभोग्य सामग्री ढुवानीदेखि बिरामी पर्दा उपचार गर्नका लागि सुगममा लैजानसमेत सहज हुने डोल्पालीको विश्वास छ । त्रिपुरासुन्दरी नगरपालिका–५ का स्थानीय मोती उपाध्यायले सदरमुकाम दुनैसम्म गाडी पु¥याउने काम अन्तिम चरणमा पुगेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

“सदरमुकाम दुनैदेखि छ घण्टामा खदाङ पुगिन्छ, अब तराई झर्नका लागि हप्तौँसम्म जहाज कुर्नुपर्ने बाध्यता पनि हट्दै छ, खदाङसम्म यातायात सञ्चालनमा ल्याइएपछि दुई दिनमै नेपालगन्ज पुगिन्छ, डोल्पालीका लागि सबैभन्दा ठूलो खुशीको कुरा हो, यो सबै श्रेय नेपाली सेनालाई जान्छ”, उपाध्यायले भन्नुभयो ।

जाजरकोट–डोल्पा सडकखण्डको रुकुम डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारसम्म गत ०७३ सालमा प्रधान सेनापति राजेन्द्र क्षेत्रीद्वारा उद्घाटन गरेर यातायात सञ्चालनमा ल्याइएको थियो । गोतामकोटदेखि त्रिवेणीसम्म यातायात सञ्चालनमा ल्याइएपछि तल्लो डोल्पाका जनता प्रत्यक्ष लाभान्वित भएका छन् भने दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत सहज भएको मुड्केचुला गाउँपालिकाका स्थानीयवासी सरोज थाले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter