• Saturday, June 14, 2025

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

TU_buildingकाठमाडौँ, माघ २ गते । त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ ।

त्रिविले अध्ययन पूरा नगरी बीच सेमेस्टर वा खण्डतिर अन्यत्र अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालभित्र र नेपाल बाहिरका विश्वविद्यालयसँग यो व्यवस्था लागू गराएको हो ।

विश्वविद्यालयका प्रा डा विनित अर्यालको संयोजकत्वमा गठित तीन सदस्यीय प्राविधिक समितिको सुझाव प्रतिवेदनअनुसार सो व्यवस्था कार्यान्वयन शुरु भएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो । यो व्यवस्था उच्चशिक्षाको कुनै पनि विषयमा कम्तीमा ५० प्रतिशत कोर्स पूरा भएका र विद्यार्थी आदानप्रदान हुने विश्वविद्यालयको सम्बन्धित कोर्सका विषय ८० प्रतिशतसम्म मिलेको अवस्थामा लागू हुनेछ । त्रिविको विद्यमान नियमअनुसार कुनै पनि तहको अध्ययन भर्ना भएको बढीमा छ वर्षभित्र पूरा गर्नुपर्छ । ‘क्रेडिट ट्रान्सफर’ हुँदा पनि सोही अवधिभित्र हुनुपर्नेछ । काठमाडौँ विश्वविद्यालयले यस्तो नीति यसअघि नै लागू गरिसकेको छ ।

रजिष्ट्रार उप्रेतीले विदेशमा अध्ययन र काम गर्दै बसेका विद्यार्थीले स्वदेश फर्केर थप अध्ययन र रोजगारी गर्न चाहेमा यस नीतिबाट लाभ लिन सक्ने बताउनुुभयो । कतिपय विदेशी विश्वविद्यालयमा पढाइ गाह्रो ठानेर पनि विद्यार्थी अध्ययन अधुरै छाड्ने गरेको सन्दर्भमा यो नीतिबाट लाभ लिन सक्नेछन् तर हालसम्म यस्ता विद्यार्थी स्वदेश र विदेशमा कति छन् भन्ने स्पष्ट देखिएको छैन ।

यो व्यवस्था सेमेस्टर प्रणाली लागू भएका विश्वविद्यालयमा कार्यान्वयन गर्न सहज हुनेछ । “हामी आवेदकको आवश्यकता हेरी यसलाई क्रमशः लागू गर्नेछौँ । स्नातक तहमा त्रिविमा सेमेस्टर प्रणाली नहुँदा विद्यार्थीलाई ट्रान्फर गराउन त्यति सहज छैन, सोभन्दा माथिका विद्यार्थीका लागि सहजै लागू हुनेछ ।

त्रिचालिसौँ दीक्षान्त समारोह गरिसकेको मुलुककै जेठो र ठूलो विश्वविद्यालय त्रिविले हाल देश विदेशका १६० भन्दा बढी विश्वविद्यालय र अनुसन्धान केन्द्रसँग शैक्षिक, भौतिक, प्राज्ञिक र मानव संशाधनसम्बन्धी सहयोग आदानप्रदानको सम्झौता गरिसकेको छ । त्रिविअन्तर्गत ६० आङ्गिक र १०८५ सम्बन्धन प्राप्त क्याम्पस छन् । हाल त्रिविमा ३०० भन्दा बढी विदेशी विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्ता आबद्ध छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter