• Saturday, June 14, 2025

सरकारले तोक्यो अस्थायी प्रादेशिक राजधानी र प्रदेश प्रमुख (सूचीसहित); अस्थायी राजधानी तोक्नेवित्तिकै दाङ र धनकुटामा आन्दोलन सुरु

nepal mapकाठमाडौं, माघ ३ । लामो अलमलपछि सरकारले अन्ततः सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए ।

बुधबार दुई पटक बैठक बसेको थियो । पहिलो बैठकमा केही प्रदेशको राजधानीलाई लिएर मन्त्रीहरुबीच विवाद भएपछि दिउँसो दोस्रो बैठक बसेको थियो, जसले प्रदेशका अस्थायी मुकामहरु तोकेको छ ।

जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ ।

प्रदेश ६ र ४ बाहेक अन्यको राजधानीलाई लिएर आन्दोलन भइरहेको छ । धनकुटालाई प्रदेश १ को राजधानी बनाउनु पर्ने माग भइरहेको छ भने २ को राजधानी वीरगञ्ज हुनु पर्ने भन्दै प्रदर्शन भइरहेको छ ।

प्रदेश ७ को राजधानी धनगढी तोकिएपछि डोटी आन्दोलित भएको छ । दिपालयलाई मुकाम तोक्नु पर्ने माग राख्ै आन्दोलन नै भयो भने डडेलधुरा लगायतका जिल्लामा पहाडी जिल्लामा राजधानी हुनु पर्ने माग पनि उठेको थियो ।

संविधान अनुसार प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेशसभाको हो र दुई तिहाईले निर्णय गर्नुपर्छ ।

त्यस्तै, सरकारले प्रदेश प्रमुखको पनि टुंगो लगाएको छ ।

यि हुन् प्रदेश प्रमुख बन्नेहरु :

प्रदेश १ गोविन्द सुब्बा

प्रदेश २ रत्नेश्वर लाल कायस्थ

प्रदेश ३ अनुराधा कोइराला

प्रदेश ४ बाबुराम कुँवर

प्रदेश ५ उमाकान्त झा

प्रदेश ६ दुर्गाकेशर खनाल

प्रदेश ७ मोहनराज मल्ल

अस्थायी राजधानी तोक्नेवित्तिकै दाङ र धनकुटामा आन्दोलन सुरु

बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका अस्थायी केन्द्र तोकेपछि त्यसको विरोधमा प्रदर्शन भएका छन् । सरकारको उक्त निर्णयको विरोधमा धनकुटामा प्रदर्शनसहित क्षेत्रीय प्रशासकसहित प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन भएको छ ।

अस्थायी राजधानी आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठका अनुसार सरकारले धनकुटेली जनताको भावना र यसअघि नेताहरुको प्रतिबद्धताविपरित सदरमुकाम तोकिएकाले आन्दोलन थप शसक्त बनाउने बताए ।

सरकारले प्रदेश नंम्बर १ को अस्थायी राजधानी विराटनगरलाई तोकेपछि धनकुटाबासी थप आक्रोशित बनेका हुन् । उनीहरुले प्रदेश नम्बर १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै विगत लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।

यता,त्यसैगरी प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीलाई तोकेपछि दाङमा पनि विरोध भएको छ । प्रादेशिक राजधानी सरोकार समितिको बुधबार बसेको बैठकले सरकारको उक्त निर्णयको विरोध गर्दै माघ ३ लाई कालो दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले सरकारको निर्णय विभोदपुर्ण भन्दै अनिश्चितकालिन आमहड्ताल गर्ने तथा सरकारी कामकाज ठप्प पार्ने निर्णय गरेको समितिका सदस्यसचिव सविन प्रियासनले बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter