प्रधान न्यायाधीश गोपाल पराजुलीबाट अनलाइन उजुरी प्रणालीको उद्घाटन

CJ inaugurating Online Complaint Systemकाठमाडौँ, माघ ७ गते । काउन्सिलसंग सम्बन्धित उजुरी अनलाइनबाटै दिन सकिने प्रणालीको आज एक कार्यक्रमबीच प्रधान न्यायाधीश गोपाल पराजुलीले उद्घाटन गर्नुभयो ।

प्रेस काउन्सिल नेपालले सूचना विभागमा आयोजना गरेको अनलाइन उजुरी प्रणालीको सञ्चालन शुभारम्भ समारोहमा प्रधान न्यायाधीश पराजुलीले काउन्सिलले महत्वपूर्ण उपलब्धि हाशिल गरेको भन्दै पेशागत आचरण कायम गर्न, नियमन–अनुगमन गर्न र स्वस्थ, सभ्य, मर्यादित, व्यवस्थित पत्रकारिताको विकासका लागि सवै पक्ष लाग्नुपर्ने धारणा राख्नुभयो ।

सवै मौलिक हक निरपेक्ष नभएको उल्लेख गर्दै आफूलाई प्राप्त अधिकार सीमाविहीन हुन्छ र त्यसमा कसैको नियन्त्रण, हद वा बन्देज हुँदैन भन्ने अवधारणाले समाजका कुनैपनि संस्था, निकाय अपेक्षाकृत सशक्त हुन नसक्ने, सभ्य, शिष्ट, सोम्य पत्रकारिताले मर्यादा कायम रहने, न्यायालयमा विचाराधीन मुद्धामा प्रभाव पर्नेगरी मिडियाबाट प्रकाशन÷प्रसारण हुने गरेको, टुँडिखेल, रत्नपार्क र मण्डलाबाट निर्णय हुने हो भने लोकतान्त्रिक मूल्य र मान्यताअनुरुप राज्यबाट स्थापित निकायको अन्त्य त्यही विन्दुबाट हुने स्पष्ट पार्दै न्यायालय जनआस्थामा टिकेको आवाजविहीन संस्था भएको बताउनु भयो । राजनीति गर्ने त कुरै छोडौं, राजनीतिक गन्ध वा संकेत देखिने कुनै प्रकारको कार्यमा पूर्णतः अलग रहन्छ– उहाँको मन्तव्य थियो ।

संकटकालको बेला नेपालको न्यायालय र प्रेस एक अर्काका रक्षक भएर उभिएको उल्लेख गर्दै न्यायपालिकालाई बचाउने सामथ्र्य सञ्चार जगत्मा हुनुपर्ने धारणासमेत राख्नुभयो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले अन्य लोकतान्त्रिक मुलुकको तुलनामा नेपालमा प्रेस स्वतन्त्रताको ज्यादा प्रत्याभूति भएको बताउँनुहुँदै पत्रकारको नाममा अराजक, ठग्दै हिड्ने, प्रहरी अधिकारीलाईसमेत दुःख दिने व्यक्तिमाथि कारवाही गर्दा अदालतले रोक्न नहुनेतर्फ ध्यानाकर्षण गर्दै एक न्यायिक निकायले गरेको निर्णय अर्को न्यायिक निकायले दोहोरो सुनुवाई नगरिकन स्टे अडर दिनु पनि उपयुक्त नभएको उहाँको धारणा थियो ।

त्यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष तथा काउन्सिल सदस्य गोविन्द आचार्यले पत्रकार महासंघको विधानमा पत्रकार आचारसंहिता उल्लंघन गर्नेलाई पत्रकारको सदस्यता खारेज गर्ने प्रावधान छ । महासंघको सहमतिमा जारी पत्रकार आचारसंहिता पालना नगर्ने पत्रकारलाई काउन्सिलले कारवाही गर्न सक्ने र त्यसमा महासंघको समर्थन रहने भन्दै केही मिडियाले गर्दा सिङ्गो पत्रकारिता जगत् बद्नाम हुँदै गएको, यसतर्फ सजग र सतर्क रहन पत्रकारलाई आग्रह गर्नुभयो । सो अवसरमा काउन्सिल सदस्य इश्वरीप्रसाद ओझाले काउन्सिलले गरिरहेको काममा रुपान्तरण आवश्यक रहेकोमा अनलाइनबाटै उजुरी दिन सकिने व्यवस्थाले काउन्सिलसम्म जनताको सहज पहुँच पुग्ने विश्वास व्यक्त गर्दै काउन्सिल पत्रकारको प्रहरी भएको धारणा राख्नुभयो । लोकतन्त्र स्थापनामा प्रेसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पत्रकारितासंग सम्बन्धित बिषयमा अनलाइनबाटै उजुरी दिन सकिनेमा सूचित गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौंलागाईँद्वारा सञ्चालित कार्यक्रममा काउन्सिलका उप प्रशासकीय अधिकृत रामशरण बोहराले अनलाइन उजुरी प्रणालीको प्रयोग र काउन्सिलको समग्र गतिविधिको संक्षिप्त विवरणसहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अव विश्वका जुनसुकै स्थानबाट प्रेस काउन्सिल नेपालको वेभसाइटमा गइ अनलाइन कम्प्लेनमा क्लिक गरी आवश्यक कागजात, विवरण भरी पत्रकारितासंग सम्बन्धित उजुरी दर्ता गर्न सकिनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter