• Sunday, June 15, 2025

शहीद घोषणाको बाँदरमुढे पीडितद्वारा स्वागत

Chitwanचितवन, माघ १२ गते । बाँदरमुढे घटना पीडित समितिले उक्त घटनाका मृतकलाई सरकारले शहीद घोषणा गरेकामा स्वागत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते जिल्लाको माडीस्थित बाँदरमुढे खोलामा यात्रुबाहक बसमा भएको बम विस्फोटमा परी मारिएका ३८ जनालाई शहिद घोषणा गरेकामा समितिले आज एक विज्ञप्ति प्रकाशित गरी स्वागत गरेको हो ।

समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेद्वारा जारी विज्ञप्तिमा लामो समयदेखि आफूहरुले राखेको माग वर्तमान सरकारले सुनुवाइ गरेको उल्लेख छ । समितिले आगामी दिनमा पीडकलाई सजाय र पीडितलाई न्याय तथा परिपूरण दिन सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

विज्ञप्तिमा वर्तमान सरकारको शहीद घोषणाको निर्णयलाई सहयोग र स्वागत गरिने जनाइएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिला आयोगलाई पूर्णरुपमा सहयोग गरी पीडितलाई बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न मागसमेत गरिएको छ ।

माडीको बाँदरमुढे खोलामा २०६२ साल जेठ २३ गते यात्रुबाहक बसमा बम विस्फोट हुँदा ३८ जनाले ज्यान गुमाएका र ७२ जना घाइते भएका थिए । सो घटनामा माओवादी केन्द्रले माफी माग्दै आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter