• Friday, May 30, 2025

आजदेखि निर्वाचन आचारसंहिता लागु, भोट हाल्न सिकाउँदै आयोग

Election Commissionकाठमाडौं, माघ १२ गते । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू भएको छ। निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा निर्वाचन गर्न आचारसंहिता लागू गरिएको निर्वाचन आयोगले बताएको छ।

निर्वाचन आयोगले एक सूचना जारी गर्दै नेपाल सरकार र मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा नकाय, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा भ्रातृ संगठन, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, पर्यवेक्षक तथा सरकारी र निजि क्षेत्रका सञ्चारमाध्यमलाई आचारसंहिता लागु हुने जनाएको छ । आयोगले आज जिल्ला निर्वाचन अधिकारीहरुलाई राष्ट्रिय सभा चुनावमा भोट हाल्ने तरिका सिकाउ सुरु
गरेको समेत जानकारी दिएको छ ।

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता हुने व्यवस्था छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter