• Sunday, June 15, 2025

राष्ट्रियसभा निर्वाचनः सोमबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने; स्याङजाका रामबहादुर थापाको उम्मेदवारी रद्द

Election Commissionकाठमाडौं । माघ २४ गते हुने भनिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई आगामी सोमबार चुनाव चिन्ह प्रदान गर्ने तयारी भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारी गरेको गरेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई नाम फिर्ता लिन चाहेमा आइतवार दिउँसो २ बजेसम्मको समय दिइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ५०६ तथा ५५० प्रदेशसभा सदस्य मतदाता रहेका छन् ।

निर्वाचनकालागि नौ राजनीतिक दलबाट समूहगत रूपमा महिला २६, अन्य समूहका २८, दलित १४ र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १५ उम्मेदवारी दर्ता गरेका छन् ।

स्याङजाका रामबहादुर थापाको उम्मेदवारी रद्द

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ४ बाट मनोनयन दर्ता गराएका स्याङजाका रामबहादुर थापाको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । अपाङता भएका व्यक्तिको कोटामा एमालेबाट उम्मेदवारी दिएका थापाले परिचयपत्र नविकरण नगरेको खुलेपछि उम्मेदवारी रद्द गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार तनहुँका प्रकाश पन्थले थापाविरुद्ध मूख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको पोखरामा उजुरी दिएका थिए । अपांगता परिचय पत्र पुरानो भएकाले मान्यता दिन नहुने भन्दै पन्थले थापाको उम्मेदवारी बदरको माग गरेका थिए । उजुरी परेपछि थापाले सोही परिचयपत्रका आधारमा अहिलेसम्म राज्यका निकायबाट पाईने सुविधा लिएको, नयाँ निर्देशिका अनुसार नयाँ कार्डका लागि प्रक्रियामा रहेकाले ढिलाई भएको भन्दै सफाई पाउनुपर्ने दलीलसहित कागजात पेश गरेका थिए ।

राष्ट्रिय सभा निर्वाचन कार्यक्रम अनुसार भोलि बिहान १० बजे देखि १ बजे सम्म मनोनयन दर्ता गराएका उम्मेदवारको सूची सार्वजनिक गरिनेछ । त्यस्तै भोलि १ देखि पर्सि २ बजे सम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि समय दिइने आयोगको कार्यतालिका छ । पर्सि ३ देखि ४ बजे उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरी अपराह्न ४ देखि ५ बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिने प्रवक्ता ढकालले बताउनुभयो । राष्ट्रिय सभा निर्वाचन आगामी २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter