• Saturday, June 14, 2025

न्यायिक निकायबारे अलमलमा जनप्रतिनिधि

Local Structureसुर्खेत,माघ १३ गते । निर्वाचित भएको नौ महिनासम्ममा पनि सल्याण कपुरकोट गाउँपालिकाका उपाध्यक्ष तीला बुढामगर काम गर्न अलमलमा हुनुहुन्छ ।

जसले गर्दा गाउँपालिकामा आउने विवाद समाधान गर्नको लागि समस्या परेको उहाँले बताउनुभयो । न्यायिक समितिको संयोजकको रुपमा गर्नुपरेको र त्यसमाथि कानूनी हिसाबले अनभिज्ञ हुँदा समस्या भएकोे उपाध्यक्ष तीलाले सुनाउनुभयो । “चुलोचौकोबाट उठेर उपाध्यक्षसम्म पुगियो” उहाँले भन्नुभयो, “कानूनी कुराबारेमा जानकारी नभएकाले काम गर्न समस्या भएको छ ।”

गाउँपालिकामा आएका विवादलाई व्यावहारिक रुपमै मिलापत्र गरेर पठाउने गरेको उहाँले बताउनुभयो । “कानूनको बारेमा हामीसँग कुनै किताब पनि उपलब्ध गराइएको छैन र यसबारे हामीलाई थाहा छैन” उहाँले भन्नुभयो, “गाउँपालिकामा आएका विवादलाई व्यावहारिक रुपमै पक्ष विपक्षलाई बसालेर मिलाएका छौँ ।”

कानून बारेमा राम्रोसँग जानकारी नहुँदा तीलाजस्तै अलमलमा पर्नुभएको छ डुङ्गेश्वर गाउँपालिका दैलेखका उपाध्यक्ष सीता ज्ञवाली । न्यायिक समितिबारे उहाँ अनविज्ञ हुनुहुन्छ । जसले गर्दा यस गाउँपालिकामा अझै पनि न्यायिक समिति गठन भएको छैन । “हामीलाई कानूनी सल्लाहकारको आवश्यकता छ, यसबारेमा जानकारी नभएकाले नै हामीलाई काम गर्न समस्या भएको छ” उहाँले भन्नुभयो, “विवाद वडा कार्यालयबाटै मिलाउने गरिएको छ ।” आगामी हुने गाउँसभामा समिति गठन हुनसक्ने उहाँको भनाइ छ ।

डोल्पाको छाक्राताङसुङ गाउँपालिकाका उपाध्यक्ष पनि समितिबारे जानकारी नभएको बताउनुहुन्छ । “यसबारेमा मलाई थाहा छैन” उहाँले भन्नुभयो, “पढाइलेखाइ पनि छैन, त्यसैले कानूनको कुरा थाह छैन ।”

कानूनी अनभिज्ञताका कारण स्थानीय निकायका जनप्रतिनिधि अन्योलमा छन् । गाउँपालिका÷नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने कानूनी व्यवस्था छ । तर, स्वयं उपप्रमुख नै यसबारेमा अनभिज्ञ भएपछि समिति गठन भएको छैन । गठन भएको निकायमा पनि कानूनको अनभिज्ञताका कारण प्रभावकारी रुपमा काम हुन सकेको छैन ।

यता गाउँपालिका महासंघ प्रदेश ६ का अध्यक्ष कवीन्द्रकुमार केसीले महासंघले तत्काल नै यस सम्बन्धमा तालीमको आयोजना गर्न लागेको दाबी गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter