• Saturday, May 31, 2025

चुणामणि शर्माविरुद्ध ४ करोड २९ लाख बढीकाे बिगो दाबीसहित अर्काे मुद्दा दायर

Choodamani Sharmaकाठमाडौँ, माघ १५ गते । अवैध सम्पत्ति आर्जन गरेको भन्दै आन्तरीक राजस्व विभागका निलम्वित महानिर्देशक चुडामणि शर्मा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरी अर्को मुद्दा विशेष अदालतमा दायर गरेको छ ।

अख्तियारले उनी सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७३ मंसिर मसान्तसम्मकाे सम्पत्ति जाँचबुझ गरेको थियो । ३ करोड ६३ लाख ७२ हजार ९ सय ६१ रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हाे । शर्माले सो सम्पत्ति बराबरको चल तथा अचल सम्पत्तिको खरिद एवं लगानी पारिवारिक सदस्यहरुको नाममा गरेको पनि अख्तियारले जनाएको छ ।

उनले सोही अवधिमा चल/अचल सम्पत्तिकाे शेयर लगानीलगायतका विभिन्न शिर्षकमासमेत ७ करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ खर्च गरेकाे र साे रकमबाट वैध आय ३ तीन ६३ लाख ७२ हजार ९ सय ६१ रुपैयाँ रहेको अख्तियारको दाबी । भने, ४ करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ बराबरको सम्पत्तीको स्रोत नखुलेको अख्तियारको ठहर छ ।

अख्तियारकाे आरोपपत्रमा भनिएको छ,‘शर्मा र उनको परिवारले अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरी आफ्नो हैसियत भन्दा बढी रकम आफ्नो र श्रीमती तथा छोराहरुको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा मौज्दात देखिएको, विभिन्न बित्तिय संस्थाहरु तथा प्रा.लि. एवं कम्पनिहरुका शेयर खरिद तथा लगानी गरेको ,सवारी साधन खरिद एवं घर निर्माण तथा जग्गालगायतका चल/अचल सम्पत्तिहरु खरिद गरेको देखिन आएको छ ।’

शर्माले सार्वजिनक पदमा रहदा के कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने विषयमा अनुसन्धान गरेकाे र साे रकम बराबरकाे स्रोत उनले पुष्टि गर्न नसकेकाे अख्तियारले जनाएकाे छ । गैर–कानूनी रुपमा सम्पत्ति आर्जन गरेकाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

शर्माविरुद्ध ४ करोड २९ लाख ५४ हजार १ सय २४ रुपैयाँ अवैध रहेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग), तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम विगो, जरिवाना र कैद सजाय गर्न पनि माग गरेको छ ।

यस्तै, अख्तियारले शर्माले गैर कानूनी रुपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती कल्पना उप्रतीले लुकाइ छिपाइ राखेको भन्दै उनलार्इ पनि विपक्षी बनाएर मुद्दा दायर गरेकाे छ ।

उनलार्इ भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम मुद्दा दायर गरेकाे हाे ।

अख्तियारले सो चल अचल सम्पत्तिहरू जफत गर्न कल्पनालाई प्रतिवादी कायम गरी अदालतमा मुद्दा दायर गरेको जनाएकाे छ । शर्माले फर्छ्योट आयोगमार्फत अर्बौं रुपैयाँको कर मिनाहा दिएको अभियोगको मुद्दा पनि अदालतमा विचाराधीन छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter