आर्थिक सहायता रोक्न आयोगको निर्देशन

Election Commissionकाठमाडौँ — निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन अवधिभर आर्थिक सहायता रकम वितरण नगर्न गृह मन्त्रालयलाई बुधबार लिखित निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको स्मरण गराउँदै अर्थ मन्त्रालयलाई समेत आर्थिक सहायता रकम उपलब्ध नगराउन पत्राचार गरेको छ ।

आयोगको बुधबार बसेको बैठकले आर्थिक सहायता वितरणको विवरणसमेत सरकारसँग माग गर्ने निर्णय गर्दै मुख्य सचिवलाई पत्राचारसमेत गरेको छ । गृह र अर्थ मन्त्रालयलाई उक्त विवरण उपलब्ध गराउन पटक–पटक पत्राचार गरिएकोमा हालसम्म पनि प्राप्त नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई नै पत्राचार गरिएको आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले बताए ।

राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि माघ १२ देखि निर्वाचन आचारसंहिता लागू भइसकेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter