पाउद्वारमा सिस्नो पाउडर उद्योग स्थापना

myagdi_districtम्याग्दी, फागुन १९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्वारमा युवाहरुले सिस्नो पाउडर उद्योग स्थापना गरेका छन् ।

छुँदा च्वास्स पोल्ने र शरीर झमझमाउने सिस्नोलाई प्रशोधन गरेर पाउडर उत्पादन गरी उनीहरुले आम्दानी गर्न थालेका हुन् । जंगलमा खेरगइरहेको सिस्नोलाई आम्दानीको स्रोतको रुपमा उपयोग र रोजगारी सिर्जनाका लागि पाउडर उद्योग सञ्चालन गरिएको खयरभारानी सिस्नो पाउडर उद्यम समूहका अध्यक्ष चौनारायण पुनले जानकारी दिनुभयो ।

अध्यक्ष पुनकाअनुसार दशजना युवाले रु छ लाख पचास हजारको लगानीमा चार महिनाअघि स्थापना गरिएको उक्त उद्योगबाट १५० किलोग्राम भन्दा बढी पाउडर उत्पादन र बिक्री भएको छ । बेनी, पोखरा र काठमाडौँका होटल तथा गाउँमा आउने पाहुनालाई प्रतिकिलो रु चार सयका दरले पाउडर बिक्री गरिएको पुनले बताउनुभयो । बजारसम्म पु¥याउँदा यसको मूल्यमा ढुवानी खर्च थपिन्छ ।

उद्योग सञ्चालन भएपछि गाउँ नजिकैको पाखो, खेतबारीका कान्ला, खोल्सामा खेरगइरहेको सिस्नोको मुना टिपेर स्थानीयवासीले आम्दानीसमेत गर्न थालेका छन् । सिस्नोको कलिलो मुनालाई टिपेर घाममा सुकाइ मिलमा पिसेर बनाइने पाउडरलाई प्याकेजिङ गरेर बजारमा पठाउने गरिन्छ । उद्योग सञ्चालनका लागि समूहले जग्गा भाडामा लिएको छ ।

जिल्ला युवा समितिको कार्यालयले सो समूहलाई उद्योग स्थापनाका लागि रु पाँच लाख निब्यार्जी रकम उपलब्ध गराएको छ । पहिलो किस्ताबापत रु दुई लाख ५० हजार उपलब्ध गराइएको र दोस्रो किस्ता निकासाको तयारीमा रहेको समितिका अध्यक्ष देवीप्रसाद शर्माले बताउनुभयो ।

यस वर्ष पनि युवाले सञ्चालन गरेको उद्योग, व्यवसायलाई सहयोग गर्ने कार्यक्रम रहेकाले प्रस्ताव माग गरिएको छ । नियमित रुपमा सिस्नो पाउडर उत्पादनका लागि सोलार डायर राख्ने योजना रहेको अध्यक्ष पुनले बताउनुभयो ।

कुनै समय गरिबको खानाको रुपमा चिनिएको सिस्नो पछिल्लो समय सहरबजारका धनाढ्य वर्गका मानिसको भान्छाको परिकार बन्न थालेको छ । स्वास्थ्यवद्र्धक र औषधिको रुपमा सिस्नोको पाउडरलाई सुप बनाएर उपयोग गरिन्छ । पोषिलो हुनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमत्ता वृद्धि गर्ने भएकाले सिस्नोको माग बढेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter