विवाह दर्ता र नागरिकता नहुँदा राज्यको सेवाबाट वञ्चित

citizenshipमहोत्तरी, फागुन १९ गते । विवाह दर्ता र नागरिकता नभएपछि महोत्तरी औरही नगरपालिका– ६ बैरियाकी ३० वर्षीया एकल महिला सोनावतीदेवी रायले राज्यबाट पाउने हरेक सेवा सुविधाबाट वञ्चित भएकी छिन् । हुनेखाने उमेरमा ७ वर्षअघि श्रीमान् नथुनी यादवको मृत्यु भएपछि सोनावतीलाई अहिले जीवनयापन गर्न कठिनाइ भएको छ ।

घरका अभिभावकले आवश्यक परेको खण्डमा पैसा नदिएपछि सोनावतीलाई बाँकी जीवनयापन गर्न समस्या भएको हो । उनको एकमात्र १२ वर्षका छोरा राहुलले विद्यालयमा शिक्षादिक्षा पाउनसकेका छैनन् । उचित शिक्षादिक्षा एवं संरक्षणको अभावमा दिनभरी भौतारिँदा छोरा राहुलको भविष्यलाई लिएर आफू चिन्तित रहेको सोनावतीले बताउनुभयो ।

आफुुसँग नागरिकता एवं विवाह दर्ता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पाउन नसकेको उहाँले गुनासो गर्नुभयो । सो वडाका वडाअध्यक्ष नरेश यादवले अब आफूले नागरिकता एवं विवाह दर्ताका लागि सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

विवाह भएको ३५ दिनको अवधिमा विवाह दर्ता बनाए कुनै किसिमको यस्ता समस्या समाजमा सिर्जना नहुने इलाका प्रशासन कार्यालय गौशालाका प्रशासकीय अधिकृत कामेश्वर यादवले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter