अमेरिका पु¥याइएका बाह्रांैँ शताब्दीका मूर्ति फिर्ता हुँदै

Stolen Statuteमधुकर अधिकारी / वासिङ्टन डिसी, फागुन २२ गते । विभिन्न अवैधानिक माध्यमबाट अमेरिका ल्याइपु¥याइएका करीव ८०० वर्ष पुरानो मूर्ति नेपाल पठाइने भएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनीका लागि राखिएका दुई थान मूर्ति उक्त संग्रहालयले नेपाललाई हस्तान्तरण गर्न तत्परता देखाएको छ । सोसम्बन्धी सम्झौतामा सोमबार संग्रहालयका तर्फबाट अध्यक्ष डानियल एच विस र नेपालका तर्फबाट न्यूयोर्कस्थित महावाणिज्यदूत मधुकुमार मरासिनीले हस्ताक्षर गर्नुभएको छ ।

सन् १९८० का दशकमा नेपालबाट मूर्ति चोरी भएर विभिन्न बाटो हुँदै अमेरिका पुगेको थियो । चोरी भएका मूर्तिमा पाटनमा रहेको उमामहेश्वर र बुद्धको मूर्ति छन् । ती दुवै मूर्ति नेपाली प्रस्तरकलामा आधारित बाह्रौँ र तेह्रौँ शताब्दीमा निर्माण गरिएको बताइएको छ । संग्रहालयले चोरीको मूर्ति प्रदर्शनीमा राख्ने आफ्नो नीति नभएकाले हस्तान्तरणको प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

सोमबार मूर्ति फिर्ता गर्न आयोजित हस्ताक्षर कार्यक्रममा अध्यक्ष विसले संग्रहालयमा अवैधानिक तरीकाले प्राप्त मूर्ति नरहून् भन्ने अभिप्रायले मूर्ति फिर्ता गर्न लागिएको बताउनुभयो । महावाणिज्यदूत मरासिनीले पुरातात्विक महत्वका मूर्ति फिर्ता गराउन पहल गरेकामा संग्रहालयलाई धन्यवाद दिँदै यसले अवैधानिक तरीकाले मूर्तिको व्यापार गर्नेलाई निरुत्साहन गर्ने बताउनुभयो ।

ती मूर्ति भन्सार मापदण्डको प्रक्रिया पूरा गरी अप्रिल(चैतवैशाख)भित्र नेपाल पठाइसकिने योजनामा न्यूयोर्कस्थित कन्सुलर जनरलको कार्यालयले गृहकार्य गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter