• Friday, June 13, 2025

‘लिफ्ट’ प्रविधिबाट फेदीको पानी डाँडाको बस्तीमा

Hot water pondबाबियाचौर, म्याग्दी, फागुन २८ गते । बेनी नगरपालिका ५ डडुवाकी कौशिला परियार आँगनमै रहेको धारामा नियमित खानेपानी आउन थालेपछि दंग पर्नुभएको छ ।

“डेढ–दुई घण्टा लगाएर गाग्री, ग्यालिन, ड्रम, बोतलमा पानी ओसार्नुपर्ने वर्षौदेखिका दुःखका दिन गए,” साठी वर्षीया परियारले भन्नुभयो – “अहिले आँगनको धारामा नियमित पानी आउन थालेपछि सुविधा भयो ।”

घरमा उपभोग गर्ने र गाईबस्तुलाई खुवाउने पानी ल्याउन, नुहाउन, कपडा धुनका लागि कुवा, खोल्सा र पधेरामा पुगेर घण्टौं पालो पर्खिएर पानी ओसार्ने गर्दै आउनुभएकी डडुवाकी टीका शाहीको दैनिकी फेरिएको छ ।

“बिहान उठेदेखि नसुत्दासम्म पानीको जोहो गर्दा गर्दै दिन बित्थ्यो,” शाहीले भन्नुभयो – “घरमै पानी आउन थालेपछि समयको वचत र सुविधा भएको छ ।” परियार र शाही मात्र नभएर ९३ घरधुरीको बसोबास रहेको डडुवा गाउँका बासिन्दाको दैनिकी लिफ्ट प्रविधिको खानेपानी आयोजना सञ्चालन भएसँगै परिवर्तन भएको छ ।

पुलाचौर डडुवा लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनामार्फत फेदीको पानी डाँडामा पु¥याएर घरघरमा वितरण गरिएपछि स्थानीयवासी दंग छन् । डडुवाका बासिन्दाले मंगला गाउँपालिका १ पूर्णगाउँको गाजाबाङ भन्ने ठाउँबाट पानी ल्याएर उपभोग गर्दै आएका थिए ।

विसं २०४३ मा निर्माण भएको उक्त आयोजना जीर्ण हुँदा पर्याप्त खानेपानी आपूर्ति हुन नसक्दा हिउँदको समयमा कुवा, खोल्सा र धाराको पानी उपभोग गर्नुपर्ने बाध्यता थियो । गाउँभन्दा माथि पानीको स्रोत नभएकाले लिफ्ट प्रविधिको आयोजना निर्माण गरिएको उपभोक्ता समितिका सचिव डम्मरबहादुर बानियाले जानकारी दिनुभयो ।

“धेरैलाई फेदीको पानी तानेर गाउँमा पु¥याउने योजनामा विश्वास लागेको थिएन तर प्रविधिको विकासले गर्दा नसोचेको सफलता पायौं,” बानियाले भन्नुभयो । सौर्य ऊर्जाको प्रयोग गरेर डडुवा गाउँको फेदीमा रहेको पैरापानीको मुहानको पानी ३५० मिटर माथि भेंडाखोर भन्ने ठाउँमा निर्माण गरिएको रिजर्भ टंकीमा पु¥याएर पाइपलाइनमार्फत घरघरमा वितरण गरिएको छ ।

त्रियानब्बे घर, एउटा विद्यालय र एउटा मन्दिरमा निजी धारामार्फत खानेपानी वितरण गरिएको सचिव बानियाले बताउनुभयो । उहाँका अनुसार पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना, जिल्ला समन्वय समिति, बेनी नगरपालिका र उपभोक्ताको एक करोड ३३ लाख रुपैयाँको लागतमा आयोजना निर्माण भएको हो ।

कूल २६० वाट क्षमताको १२० वटा सोलार प्यानलमार्फत पाँच हजार वाट क्षमताको ४ वटा पम्प सञ्चालन गरेर प्रति पाँच सेकेण्डमा ११ लिटरका दरले पानी आपूर्ति गराइएको छ । इन्टेकबाट बीस हजार लिटर क्षमताको रिजर्भ टंकीमा संकलन गरिएको पानी १७५ मिटर माथि रहेको दश हजार लिटर क्षमताको अर्को टंकीमा पु¥याई त्यहाँबाट पुनः पम्पिङ गरेर थप १७५ मिटर माथि भेंडाखोरमा रहेको बीस हजार लिटर क्षमताको टंकीमा पु¥याइएको छ ।

विसं २०६९ मा सर्वेक्षण भई २०७२ देखि निर्माण शुरु गरिएको आयोजना यही महिना सम्पन्न भएको हो । आयोजना निर्माणका लागि ९३ घरधुरी उपभोक्ताले ५० दिन भन्दा बढीका दरले श्रमदान गरेका स्थानीयवासी कृष्ण खत्रीले बताउनुभयो । नगरपालिकामा समावेश भएपनि डडुवा गाउँमा भौगोलिक रुपमा विकट छ ।

आयोजनाको दिगो सञ्चालन र व्यवस्थापनका लागि सबै उपभोक्ताको धारामा मिटर जडान गरी मासिक शूल्क संकलन गर्ने उपभोक्ता समितिका अध्यक्ष मोहन भण्डारीले बताउनुभयो । डडुवामा लिफ्ट प्रविधिको खानेपानी आयोजना सफल भएपछि मालिका गाउँपालिका ७ बिममा यस्तै प्रविधिको अर्को आयोजना शुरु भएको परियोजनाका जिल्ला सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter