• Wednesday, June 11, 2025

राष्ट्रपति भण्डारीद्वारा शपथ

President Oathकाठमाडौँ, फागुन ३० गते । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उहाँले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो । सो अवसरमा नेपाली सेनाको एक ब्यान्डले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।

शपथलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिसमक्ष बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

शपथ ग्रहण समारोहमा मन्त्रीगण, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु र सामाजिक जीवनका लब्ध प्रतिष्ठित महानुभावहरु सहभागी हुनुहुन्थ्यो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter