उपराष्ट्रपति पदमा पुनको मात्र उम्मेदवारी

Vice President Punकाठमाडौँ, चैत ३ गते । उपराष्ट्रपति पदको निर्वाचनमा एकजनाको मात्र उम्मेदवारी परेको छ । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको मात्र उपराष्ट्रपति पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले आज जनाएको छ ।

उपराष्ट्रपति पुनले आज अपराह्न सो पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो । सो उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल हुनुहुन्छ ।

यसैगरी समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ रहनुभएको छ ।

यसअघि राष्ट्रपति पदको निर्वाचनमा विद्यादेवी भण्डारी निर्वाचित भइसक्नुभएको छ । उपराष्ट्रपति पदको निर्वाचनमा उम्मेदवारी दर्ताको समय आज दिउँसो २ बजेसम्म निर्धारण गरिएको थियो ।

उपराष्ट्रपति निर्वाचन कार्यतालिकाअनुसार भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter