राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल निर्वाचित

NA Chairकाठमाडौँ, चैत ४ गते । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल निर्वाचित हुनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा भएको हस्ताक्षरसहितको मत विभाजनमा माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा ४५ र नेपाली काँग्रेसका उम्मेदवार वृन्दादेवी आले (राना)को पक्षमा ११ मत परेको थियो ।

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा बहुमत भएकाले निर्वाचित भएको घोषणा गर्नुभएको थियो । दुवै उम्मेदवारको प्रस्तावमाथि राष्ट्रियसभाको आजको बैठकमा छलफल भई हस्ताक्षरसहितको मत विभाजन भएको हो । कूल ५९ सदस्यीय राष्ट्रियसभाको आजको बैठकमा ५६ सांसद उपस्थित हुनुहुन्थ्यो ।

बैठकमा काँग्रेसका मुक्ताकुमारी यादव र दुर्गा उपाध्याय अनुपस्थित रहनुभएको संघीय संसद सचिवालयले जनाएको छ । दाहालको प्रस्तावक दीनानाथ शर्मा र समर्थक दिलकुमारी थापा राउत रहनुभएको थियो भने आलेको प्रस्तावकमा बद्री पाण्डे र समर्थकमा सरिता प्रसाईं हुनुहुन्थ्यो ।

राष्ट्रियसभाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार गणेशप्रसाद तिमिल्सिना गत फागुन ३० गते निर्विरोध निर्वाचित भइसक्नुभएको छ । संविधानको धारा, ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको व्यवस्था रहेको छ ।

राष्ट्रियसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र राष्ट्रिय सभाका सदस्यहरूले आफूमध्येबाट राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ । राष्ट्रियसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।

राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी गर्नुपर्ने संवैधानिक प्रावधान छ । राष्ट्रिय सभाको अध्यक्षको अनुपस्थितिमा राष्ट्रियसभाको उपाध्यक्षले राष्ट्रिय सभाको अध्यक्षता गर्नेछन् ।

यसैबीच अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा नियमावली मस्यौदा समितिको सदस्यमा रहने व्यक्तिहरुको नामावली हेरफेर गरिएको बैठकमा जानकारी गराउनुभयो । समितिमा यसअघि रहनुभएका सदस्य गणेशप्रसाद तिमिल्सिनाको सट्टामा खिमलाल भट्टराई र जीवन बुढाको स्थानमा रामनारायण विडारी रहनुभएको जानकारी गराइयो । राष्ट्रियसभाको अर्काे बैठक यही चैत १३ गते दिउँसो १ बजे बस्नेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter