निकुञ्ज छलेर रेलमार्गको सम्भाव्यता अध्ययन

Metro Railचितवन, चैत ४ गते । चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व–पश्चिम रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । यसअघि निकुञ्ज हुँदै रेलमार्गको सम्भाव्यता अध्ययन गरिएपछि वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको थियो ।

रेल विभागका वरिष्ठ इञ्जिनियर प्रकाश उपाध्यायकाअनुसार पछिल्लो सम्भाव्यता अध्ययनबमोजिम निकुञ्ज छल्नका लागि चितवनको सौराहा र टाँडीबीच हुँदै बीस हजारी तालको दक्षिणतर्फबाट र भरतपुर विमानस्थलको पश्चिमबाट रेलमार्ग बनाइने भएको छ । भरतपुर विमानस्थलको पश्चिमपट्टि लंकूको पनि पश्चिमबाट खरखरे घाट हुँदै नवलपरासीको मुकुन्दपुरबाट रेल सञ्चालन हुने भएको हो ।
यस अघिको सम्भाव्यता अध्ययनमा पर्साको ठोरी हुँदै चितवनको माडीबाट निकुञ्ज पार गरेर गोलाघाटबाट नवलपरासीतर्फ जाने थियो ।

विश्व सम्पदा सूचीमा परेको निकुञ्ज हुँदै रेल सञ्चालन हुँदा वन्यजन्तु संरक्षणमा कठिनाई पर्ने भन्दै संरक्षणकर्मी र वन मन्त्रालयले विकल्प खोज्नुपर्ने अडान लिँदै आएका थिए । विश्व सम्पदा सूचीमा परेका क्षेत्रबाट पूर्वाधार निर्माण गर्दा युनेस्कोबाट अनुमति लिनुपर्ने भएपछि विकल्प खोजिएको हो ।

यो क्षेत्रबाट रेलमार्ग बनाउने गरी रुट सर्भे सकिएकाले अब विस्तृत परियोजना प्रतिवेदन (डीपिआर)को प्रक्रियाअघि बढाउने तयारी गरिएको उपाध्यायले बताउनुभयो । उहाँकाअनुसार आगामी आर्थिक वर्षमा डिपिआरको काम सम्पन्न गरी ठेक्का प्रक्रियामा जान सकिने छ ।

पूर्व पश्चिम रेलमार्ग ९४५ किलोमिटर लामो हुने बताउँदै उपाध्याययले चुरे पहाडमा भने सुरुङ मार्ग निर्माण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार भालुवाङ, दाउन्ने र पथलैयामा सुरुङ मार्ग हुनेछ । जसमध्ये सबैभन्दा १६ किलोमिटरको भालुवाङ खण्डको सुरुङ मार्गलाई घटाएर १०÷१२ किलोमिटरमा झार्ने प्रयास भइरहेको छ ।

सरकारले पूर्व–पश्चिम रेलमार्गको मूल रुटलाई ९ खण्डमा विभाजन गरेको छ । मूल खण्ड ९४५ किलोमिटरको भए पनि पोखरा–काठमाडौंँ, काठमाडौँं–वीरगञ्जलगायत सहायक रेलमार्गलाई जोड्ने हो भने एक हजार ३७६ किलोमिटर हुनेछ । नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डीपीआर पनि बनिसकेको वरिष्ठ इञ्जिनियर उपाध्यायले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter