१६ हजारलाई सीपमूलक तालीम दिइने

Youthsकाठमाडौँ, चैत ४ गते । सरकारले आर्थिक विपन्न युवालाई स्वरोजगार गराउने उद्देश्यले १६ हजारलाई सीपमूलक तालीम दिने भएको छ । गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपांगता भएकालाई पहिलो चरणमा उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवालाई सीपमूलक तालीम दिन थालिएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)का परियोजना प्रमुख टेकनारायण पाण्डेले बताउनुभयो ।

उपत्यका बाहिरका ४६ वटा जिल्लाका युवालाई भने तालीम शुरु गरिसकिएको छ । उनीहरुलाई छोटो अवधिको तालीम दिई रोजगारीमा लाग्न र स्वरोजगार बनाउनका लागि तालीम दिन थालिएको उहाँले बताउनुभयो ।

उक्त तालीम प्रवेशिका अनुत्तीण गरेका १६ देखि ४० वर्ष उमेर समूहलाई दिन लागिएको हो । युवालाई विल्डिङ इलेक्ट्रिसियन, इण्डिष्ट्रियल इलेक्ट्रिसियन, मोटरसाइकल सर्भिस, मेकानिकल, जुनियर कम्प्युुटर हार्डवेर टेक्निसियन, मोबाइल मर्मत, भारतीय कुक, ब्यूटिसियन जस्ता तालीम दिन दिइने छ । इभेन्ट परियोजना प्रमुख पाण्डेले तालीम दिन युवाको छनोट सकेर सोमबार काठमाडाँै, ललितपुर र भक्तपुरका चार हजारलाई भौचर वितरण गर्न थालिएको बताउनुभयो ।

भौचर लिइसकेपछि छनोटमा परेकाले तालीम प्रदायक संस्थाकहाँ गएर तालीम लिनसक्ने छन् । तीन महिने उक्त तालीम उपत्यका बाहिर भने शुरु भइसकेको परियोजना प्रमुख पाण्डेले बताउनुभयो ।

तालीम लिइसकेपछि ती युवाले लिएको तालीमको सीप परीक्षण केन्द्रबाट सीप परीक्षण गर्ने परियोजना उपनिर्देशक दिनेश खनालले बताउनुभयो । ‘‘तालीम दिइसकेपछि उक्त संस्थाले नै तालीम लिएका युवालाई रोजगारी दिनेछन्’’ उहाँले भन्नुभयो ।

इभेन्टले विश्व बंैकसँगको सहकार्यमा पाँच वर्षभित्र मुलुकका एक लाख १५ हजार युवालाई तालीम दिनेछ । सन् २०११ बाट इभेन्टले बेरोजगार युवालाई रोजगार बनाउनका लागि छोटा अवधिका तालीम सञ्चालन गदैआएको छ । इभेन्टले अहिलेसम्म ८७ हजार पाँच सय युवालाई छोटा सीपमूलक तालीम दिइसकेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter