एक दिनमै एक क्विन्टलसम्म च्याउ उत्पादन

Mushroonनेपालगञ्ज, चैत ५ गते । बाँकेको खजुरा गाउँपालिका–२, सी गाउँका महिलाले एकदिनमै ७० केजीदेखि साढे एक क्विन्टलसम्म च्याउ उत्पादन गरिरहेका छन् । १० जनाको समूह बनाएका महिलाले सुरु गरेको च्याउ खेतीको उत्पादन दिनदिनै बढ्दै गएको छ । च्याउ उत्पादनमा लागेका सी गाउँका महिलालाई आजभोलि आफूले उत्पादन गरेको च्याउ टिप्न भ्याई नभ्याई छ । उनीहरूले सामूहिक रूपमा सञ्चालन गरेको फर्ममा दैनिक ७० केजीदेखि साढे एक क्विन्टलसम्म च्याउ उत्पादन भइरहेको छ । उनीहरूले दैनिक ज्याला पाँच सय रुपियाँसहित च्याउ फर्मबाट आएको नाफा वार्षिक रूपमा बाँडफाँड गर्छन् । दैनिक ज्यालाबाहेक सिजनमा प्रतिव्यक्ति डेढ लाखभन्दा बढी रुपियाँ कमाउँदै आएको उनीहरू बताउँछन् ।

११ टहरामा खेती गरेका महिलाहरूले खर्च कटाएर एक सिजनमा डेढ लाखसम्म आम्दानी गरिरहेका छन् । राम्रो आम्दानी हुँदै गएकाले महिलाको जीवनस्तरसमेत बदलिएको छ ।

यसअघि महिलाहरूले व्यक्तिगत रूपमा च्याउ खेती गर्दै आए पनि तीन वर्षदेखि व्यावसायिक र समूहमा उत्पादन गर्न थालेका हुन् । महिलाहरूले घरको काम सकेर बचेको समयलाई च्याउ खेतीमा लगाउँछन् ।

समूहकी अध्यक्ष कृष्णा चौधरीले उत्पादित च्याउ नेपालगञ्ज, खजुरा, कोहलपुरका साथै सुर्खेतसम्म पुग्ने गरेको बताउनुभयो । उहाँले मङ्सिरको पहिलो साता च्याउका पोका राखेर वैशाखसम्म उत्पादन हुने जनाउँदै दैनिक ७० केजीदेखि साढे एक क्विन्टलसम्म उत्पादन हुनेगरेको बताउनुभयो ।

उत्पादन धेरै हँुदा कहिलेकाहीँ बजारको समस्या हुने अध्यक्ष चौधरीले बताउनुभयो । सरकारी निकायबाट बजारीकरणमा सहयोग भए अझै खेती विस्तार गर्न सकिने उहाँले बताउनुभयो । एक व्यापारीसँग दैनिक ७० केजी च्याउ खरिद बिक्रीको सम्झौता गरेको उनीहरूलाई बढी च्याउ उत्पादन भए बिक्रीको समस्या छ ।

च्याउ सुर्खेत पठाउने गरी अर्का एक व्यापारीसँग सम्झौता गरे पनि उनी नियमित नआउ“दा समस्या रहेको अध्यक्ष चौधरीको भनाइ छ । टहरा बनाउँदा श्रमदानदेखि पोका बनाउने, पराल पकाउने, च्याउ टिप्ने काममा पालो लगाई सबै महिलाले समान रूपले गरेको समूहकी सदस्य डम्मरकुमारी सुनारले बताउनुभयो ।

सुनारका अनुसार सामूहिक रूपमा खेती गर्दा समानता र सामूहिक भावनाको विकास भएको छ । सबैजसो जातजातिका महिला छौँ । सामूहिक काम गर्दा आर्थिक रूपले आत्मनिर्भर बन्न थालेका छौँ । सामूहिक भावनाको विकास भएको छ, उहाँले भन्नुभयो, घरको काम सकेर बचेको समयमा फर्ममा काम गर्ने गरेका छाँै । उत्पादन र आम्दानी बढ्दै जाँदा सजिलो भएको छ ।

च्याउ उत्पादन हुँदाको रकम समूहको नाममा जम्मा गर्ने गरिएको छ । फर्ममा निर्माण गरिएका टहराबाट कम्तीमा पाँच वर्षसम्म च्याउ उत्पादन हुनेछ, अध्यक्ष चौधरीले भन्नुभयो । ढुवानीका लागि आवश्यक सवारी साधनलगायत अन्य सबै पूर्वाधार पनि समूहसँगै भएकाले यसलाई थप विस्तार गर्न सक्षम छौँ । कृषक समूहले समेत १८ लाख रकम र श्रमदान लगानी गरेको छ । फर्मका लागि आवश्यक सबै पूर्वाधार समूहसँगै भएको उहाँले बताउनुभयो ।

अध्यक्ष चौधरीले सहज बजारीकरण, कम श्रममा राम्रो आम्दानी र भाउ उपयुक्त भएकाले च्याउ खेतीमा पर्याप्त सम्भावना रहेको जनाउनुभयो । उहाँका अनुसार वर्षमा दुई पटकसम्म च्याउ उत्पादन गर्ने समूहको योजना छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter