युवालाई प्रशिक्षित गर्न जागरण अभियान सञ्चालन; औंद्योगिक मेलामा ७७ जिल्लामा उत्पादित वस्तुको प्रदर्शन हुने

Youthsकाठमाडौँ, चैत ६ गते । युवा जागरण अभियानले स्वदेशमा युवालाई रोजगारको व्यवस्था मिलाउनुपर्ने भन्दै अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

अभियानले स्वदेशमा रोजगारको अभावका कारण कम तलबमा धेरै जनशक्ति कामका लागि विदेशिएको भन्दै उक्त जनशक्तिलाई रोकेर स्वदेशमा कामको ग्यारेन्टी गर्न अभियान सञ्चालन गर्ने भएको हो ।

अभियानका संयोजक चिन्तन पौडेलले युवा वर्गमा देखिएको राजनीतिक वितृष्णा कम गरी स्वदेशमा रोजगारको सिर्जना गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

विभिन्न चरणमा सञ्चालन हुने अभियान पहिलो चरणमा यही ९ गतेदेखि १५ गतेसम्म हुनेछ । जसमा ९ गते सिन्धुली, १० गते सिरहा, ११ गते धनुषा, १२ गते रौतहट, १३ गते सप्तरी, १४ गते मोरङ, १५ गते सुनसरीमा अभियान सञ्चालन गरिने संयोजक पौडेलले बताउनुभयो ।

औंद्योगिक मेलामा ७७ जिल्लामा उत्पादित वस्तुको प्रदर्शन हुने

घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा ७७ जिल्लाको औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।

यही चैत ९ देखि १३ सम्म भृकुटीमण्डपमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम हुने भएको हो ।

‘स्वदेशी वस्तु प्रयोग गरौं, समृद्धि तर्फ अघि बढौं’ भन्ने मूलनाराका साथ आयोजना हुन लागेको प्रदर्शनीमा ७७ जिल्लामा उत्पादित वस्तुको प्रदर्शनी गरिने समितिका कार्यकारी निर्देशक नवीनकुमार झाले जानकारी दिनुभयो ।

प्रदर्शनीमा नेपाली हस्तकला र काष्ठकलाजन्य उत्पादन, परम्परागत तथा आधुनिक उपयुक्त प्रविधि, छाला जुत्ता तथा छालाजन्य वस्तु, प्राकृतिक रेशाबाट उत्पादित कपडा र वस्तु, बाँसका वस्तु, फलफूलमा आधारित उत्पादन, करुवा र खुकुरी, कृषि तथा वनजन्य उत्पादनका सामग्री राखिनेछन् ।

पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा ३०० कक्ष रहने र पाँच लाख दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ । समितिले विसं २०४२ देखि राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार जस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter