नेपालमा लगानी गर्न राजदूतको आग्रह

hydropower projectकाठमाडौँ, चैत १० गते । बेइजिङस्थित नेपाली राजदूतावासले शुक्रबार नेपालमा जलविद्युत् आयोजनामा लगानीका अवसर विषयक कार्यशाला आयोजना गर्यो ।

चीनका लगानीकर्ता र नेपालका जलविद्युत् उत्पादक कम्पनी तथा चिनियाँ सञ्चारकर्मीका साथै दुवै देशका उच्च सरकारी अधिकारीको सहभागितामा भएको उक्त कार्यशालामा चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले तीनवटै तहका निर्वाचन सम्पन्न भएपछि नेपालमा राजनीतिक स्थायित्व र सुशासनको युग प्रारम्भ भएको बताउँदै ढुक्क भएर लगानी गर्न चिनियाँ उद्यमीहरुलाई आग्रह गर्नुभयो ।

नेपाल सरकारले उद्योग र लगानी मैत्री नीति अवलम्बन गरेको जानकारी दिँदै उहाँले नेपालका उपलब्ध अवसरको भरपूर उपयोग गर्न आग्रह गर्नुभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

कार्यशालामा जलविद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीलाई सुदृढ तुल्याउन भएका कानुनी व्यवस्था, लगानीको स्वरुप, स्रोत र साधनको परिचालन, लगानीका प्रक्रियागत एवं कानुनी प्रावधानबारे विस्तृतरुपमा जानकारी दिइएको थियो ।

कार्यशालामा नियोग उपप्रमुख सुशीलकुमार लम्सालले नेपालका जलविद्युत् परियोजना आकर्षक एवं लाभदायी क्षेत्रकारुपमा रहेको जानकारी दिँदै चिनियाँ लगानी प्रवद्र्धनमा राजदूतावासले सहजकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter