औद्योगिक ग्राम नबन्दा उद्योगी हैरान

industriesललितपुर, चैत ११ गते । ‘औद्योगिक ग्राम’ नबन्दा लुभू र बाँडेगाउँका कपडा व्यवसायीलाई व्यवसाय चलाउन कठिन भएको छ ।

लुभू र बाँडेगाउँमा धेरै व्यवसायीले कपडा उत्पादन गर्दै आएका छन् । बाक्लो बस्तीमा उद्योग सञ्चालन हुँदै आएको ललितपुर उद्योग वाणिज्य संघ, क्षेत्र नं २ का अध्यक्ष जुजुकाजी महर्जनले बताउनुभयो । बस्तीमा कुनै पनि व्यक्तिले उजुरी गर्नासाथ उद्योग बन्द हुने अवस्था छ । उहाँ भन्नुहुन्छ, “औद्योगिक ग्राम शुरु भएमा हामी व्यवसायीले पनि निर्धक्क भएर उद्योग सञ्चालन गर्न पाउँथ्यौँ र अरुलाई पनि बाधा पुग्दैन ।” उद्योगले ध्वनि प्रदूषण गर्ने हुँदा छिमेकीको गुनासो बढदै आएकोे छ ।

घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग दर्ता हुँदा चारजना छिमेकीको सिफारिस चाहिन्छ । तीमध्ये एकजनाले उजुरी गर्नासाथ उद्योग बन्द हुन्छ । उहाँ भन्नुहुन्छ, “आजसम्म चलिरहेको उद्योग कतै भोलि बन्द हुने हो कि भन्ने चिन्तामा हामी छौँ ।” छिमेकीले उजुरी गर्दा केही उद्योग बन्दसमेत भएका छन् ।

यस ठाउँको कपडा व्यवसाय यहाँको जीविकोपार्जनमात्रै नभएर संस्कृतिसँग पनि जोडिएको छ । यहाँका अधिकांश व्यवसायीको यो पुख्र्यौली पेशा हो । लुभू र बाँडेगाउँमा गरेर झण्डै १८० जना व्यवसायी कपडा उद्योगमा संलग्न छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter