राजनीतिसँगै भैँसीपालन

Wild Buffaloस्याङ्जा, चैत १३ गते । युवा अवस्था लडाइँमा खर्चनु भएका वालिङ नगरपालिका–९ का ताराप्रसाद भुसालले भँैसीपालनबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । दुई वर्षदेखि वालिङ नगरपालिका–१ त्रियासीमा सञ्चालन गरेको भैँसी फार्मबाट मनग्य आम्दानी गर्नुभएको हो ।

२०४७ सालदेखि राजनीतिमा होमिनुभएका भुसालको राजनीतिसँगै गोबर फाल्ने, दाना खुवाउने, दूध दुहुने र दूध वितरण गर्ने दैनिकी बनेको हो । उहाँ अहिले नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुनुहुन्छ ।

पार्टी शान्ति प्रक्रियामा आएपछि राजनीतिका साथै भैँसीपालन व्यवसाय राजेको भुसालले बताउनुभयो । दुई छोरीका पिता भुसालले बालबच्चाको भविष्यका लागि राजनीतिसँगै भैँसीपालन रोज्नु परेको बताउनुभयो ।

०६८ सालमा घरनजिक रहेको बारीमा किबी खेती सुरु गर्नुभएका भुषालले किबी उपयुक्त नपाएपछि एक लाख खर्चलाई थाती राखेर विकल्पमा भैँसी पालन रोजेको बताउनुभयो । वार्षिक ७० हजार रुपियाँमा १० रोपनी जग्गा भाडामा लिएर भैँसीपालन थालेको बताउँदै भुसालले यसबाट आफूलाई सन्तोष मिलेको बताउनुभयो।buffalo

उहाँले ३० लाखको लगानीमा भैँसी गोठ र १५ भैँसी किन्नु भएको छ । यसमा आफू, श्रीमती र अरू युवाले समेत रोजगारी पाएको उहाँले बताउनुभयो ।

द्वन्द्वको समयमा जनताको घरमा गोबर फाल्ने, दूध दुहुने, दूध बेच्ने, दाना खुवाउने काम गरेको बताउँदै भन्नुभयो, अहिले पनि सोही काम गरेको छु । उहाँले भैँसीपालनबाट दैनिक साँझ र बिहान गरेर एक सय लिटर दूध स्थानीयलाई बेच्ने गरेको बताउनुभयो ।

भैँसीको दूध प्रतिलिटर एक सय रुपियाँमा बेच्ने गरेको बताउँदै भुषालले भन्नुभयो, दूध गोठबाटै खोसाखोस हुन्छ । बजारको समस्या नरहेको भन्दै उहाँले घरनजिक गोठबाटै भैँसीको शुद्ध दूध पाउने भएपछि स्थानीयलाई पुराउन धौ–धौ भएको बताउनुभयो ।

भुसालले भाडामा लिएको जग्गामा दुई रोपनीमा भैँसी गोठ बनाउनुभएको छ भने एक रोपनीमा पराल र गोबर राख्नुका साथै अन्य छ रोपनीमा घाँस र तरकारी लगाउनुभएको छ । उहाँले परालको खर्च गोबरको बिक्रीले पुग्ने बताउँदै भैँसीका लागि दैनिक दुई हजार रुपियाँ बराबरको दाना किन्नुपर्ने बताउनुभयो ।

भैँसीको दूध बिक्रीबाट मासिक तीन लाख रुपियाँ आम्दानी हुने बताउँदै भुसालले कर्मचारी, दाना, औषधि उपचार, जग्गाको भाडा र किस्ता तिरेर मासिक एक लाख बचत गरेको बताउनुभयो ।

पहाडको दुर्गम बस्तीमा पशुपालनको लागि पराल र दाना ढुवानीमा समस्या रहेको बताउँदै उहाँले भन्नुभयो, पशुपालन व्यवस्थित गर्न दाना तथा पराल ढुवानीको राज्यले व्यवस्था गर्नु पर्दछ । उहाँले राज्यले सुपथ ब्याज दरमा ऋण र प्रोत्साहनस्वरूप सहयोग हुन सकेमा पशुपालनमा नागरिकको आकर्षण बढ्ने र देशमा आर्थिक विकास हुने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter