शान्ति कायम गर्न सबैको भूमिका हुनुपर्छ- प्रधानमन्त्री

PM Oli Resignationकाठमाडौँ, चैत १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति र समृद्धि कायम गर्न प्रत्येक नेपाली नागरिकको उत्तिकै भूमिका हुने बताउनुभएको छ ।

नेपाल जैन परिषद्ले यहाँ आज आयोजना गरेको ‘ भगवान महावीरको २६१७ औं जन्मकल्याण महोत्सव’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक निर्माणमा आ–आफ्नो ठाउँबाट सक्दो भूमिका निर्वाह गर्न सबैसँग अपिल गर्नुभयो ।

“मुलुकमा संविधान जारी भइसकेको छ, अब सरकारको एक मात्रै एजेण्डा विकास र समृद्ध हो, समाजमा शान्ति सु–व्यवस्था कायम गर्न हरेक व्यक्तिको योगदान महत्वपूर्ण हुन्छ”–प्रधानमन्त्री ओलीले भन्नुभयो ।

समाजलाई शान्तिपूर्ण गोरेटोमा हिँडाउन महावीर जैनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारको एकल प्रयासले मात्र समाजमा शान्ति ल्याउन कठिन भएको बताउनुभयो ।

२६१७ वर्ष अघि जन्मनुभएका महावीर जैनको सान्दर्भिकता अझै रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले अब सबै जातजाति, धर्म, सम्प्रदायको सुख र समृद्धिसँगै मुलुक निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रवद्र्धन गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter