• Friday, April 11, 2025

अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन पहल

nepal-airportनेपालगञ्ज, चैत १५ गते । नेपालगञ्जको राँझा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विस्तार गर्न तदारुकता देखाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बुधबार बसेको सर्वदलीय बैठकले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास र विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारसँग अनुरोध गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाको अध्यक्षतामा प्रदेश सभा सदस्य, जनप्रतिनिधि, संबद्ध निकायका अधिकारी, नागरिक समाजका अगुवासहितकोे बैठकले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन ५ नं प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

पश्चिम नेपालको प्रवेश बिन्दु र व्यापारिक नाका भएको नेपालगञ्जमा सुख्खाबन्दरगाहा निर्माण प्रक्रिया अघि बढिरहेको र मानसरोवरलगायत अन्य धार्मिकस्थलसम्मको पर्यटकीय रुट विस्तार हँुदै गरेको सन्दर्भमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलका अनुसार, राँझा विमानस्थल क्षेत्रमा रहेका जग्गा मुआब्जासम्बन्धी केही व्यक्तिले मुआब्जा प्राप्त गरेको तर कतिपयले हालसम्म मुआब्जा नपाएको विषयमा टुंगो लगाउन यथाशीघ्र प्रारम्भिक अधिकारी तोकी प्रक्रिया अगाडि बढाउन पनि सरकारसमक्ष अनुरोधसहितको माग पनि गरिएको छ ।

बैठकमा प्रदेश सांसद सुरेन्द्र हमाल, आइपी खरेल, पार्वती पुन, मोहम्मद याकुव अन्सारी, जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तव, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारी, जिल्ला प्रहरी प्रमुख टेकबहादुर तामाङ, पत्रकार महासंघ बाँके अध्यक्ष ठाकुरसिंह थारु र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य सहभागी हुनुुहुन्थ्यो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter