• Monday, April 14, 2025

संघीय संसदमा राष्ट्रपतिको सम्बोधन, अब नेपालमा असाधारण सम्भावनाको ढोका खुल्यो

President Addressing Parliamentकाठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई सम्बोधन गर्दै समुन्नत समाज निर्माणमा एक भएर अघि बढ्न आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संसद भवन नयाँवानेश्वर पुगेर प्रतिनिधि सभा र राष्ट्रिय सभालाई संयुक्त रुपमा सम्बोधन गर्दै अबको नेपाल मनोमालिन्य र कुनैपनि किसिमको शोषण र दमनबाट मुक्त हुनुपर्ने पनि बताइन् ।

उनले यस वर्ष सम्मपन्न विभिन्न तहका निर्वाचनबाट जनताले आफूले बनाएको संविधानलाई बलशाली भएको बताइन् ।

त्यस्तै उनले आम जनताले निर्वाचनमा जनाएको सहभागिता र उत्साहले सम्मृद्ध नेपाल बनाउने अभिभारा थपिदिएको भन्दै नेपालमा असाधारण सम्भावनाको ढोका खुलेको बताइन् । ‘विकासको फलमा सवैको समान पहुँच, श्रोत साधनको सदुपयोग गर्दै एकताबद्ध भएर अघि बढौं’, राष्ट्रपतिले सम्बोधनका क्रममा भनिन् ।

मित्र राष्ट्रसँग सहकार्य गर्दे अघि बढ्न आह्वान गर्दै शहीदको सपना साकार पार्ने समय आएकाले समुन्नत समाज निर्माणमा एक भएर अघि बढ्न आव्हान गरेकी छन् ।

राष्ट्रपति भण्डारी संघीय संसद भवन पस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्ण बहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, सरकारका मन्त्रीहरु लगायत विशिष्ठ व्यक्तिले स्वागत गरेका थिए ।

राष्ट्रपतिका स्वागतका लागि संसंद भवनलाई सिंगारेर दुलही जस्तो बनाईएको थियो । संसद प्रवेश द्धारमा रातो कार्पेट विछ्याउनुको साथै पुर्वी भागमा पानीको फोहरा तथा रंगीचंगी फुलका गमला ले सजिसजाउ पारिएको थियो । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी दिएको थियो ।

राष्टपतिको सम्बोधनमा संबैधानिक निकायका प्रमुख, सरकारका सचिव, कूटनीतिक नियोगका प्रमुख लगायतको उपस्थिति थियो ।

संविधानको धारा ९५ को दफा २ मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक बर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

त्यसैगरी सोही धाराको दफा १ मा संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्ने व्यवस्था छ । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सदस्य छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter